अभिनेत्री केकीलाई ऋण तिर्न ३५ दिने सुचना !
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img

keki-adhikari-looks-

काठमाडौं । यज्ञबहादुर अधिकारीकी नातिनी, निर्देशक बद्री अधिकारीकी छोरी अभिनेत्री केकी अधिकारी बैंकको कालो सुचिमा परेकी छन् । ऋण नतिरेको भन्दै सिभिल बैंकले केकीको नाममा मंगलबार ३५ दिने एक राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना जारी गरेको छ । सिनेमाको प्रचारप्रसार तथा सुटिङमा व्यस्त रहेका कारण केकीले उनको परिवारको नाममा सिभिल बैंकले ऋण नतिरेको भन्दै कालोसुचीको चेतावनी सहितको सुचना जारी गरेको हो ।
घर कर्जाको लागि बाबु र आमाले निकालेको ऋणमा जमानी बसेकी केकीलाई बारबार ताकेता गर्दा पनि ऋण तिर्नेमा ध्यान नदिएपछि ३५ दिने सुचना निकालेको हो । तोकिएको समयावधिभित्र ऋण नतिरे ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३’ अनुसार कारबाकीको प्रक्रिया अघि बढ्ने सुचनामा जनाइएको छ ।

keki_harekpal

Comments