चैतमा जीवन र नीताको ‘धुन’
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img

काठमाडौ । चलचित्र ‘धुन’ आउँदो ६ चैतबाट रिलिज हुने भएको छ । चलचित्रको अफिसियल फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सांगीतिक प्रेमकथामा आधारित चलचित्रको पोस्टरमा जीवन लुईंटेल, नीता ढुंगाना र मुकेश ढकाललाई प्रमुखताका साथ देखाइएको छ ।

dhoon 2चलचित्रले सांगीतिक प्रेमकथा बोल्ने भएकाले सार्वजनिक पोस्टरमा समेत संगीत र प्रेमको भाव झल्किन्छ । तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो चलचित्रलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । ‘धुन’ कृष्णको डेब्यु निर्देशनमा तयार चलचित्र हो । मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्र सुशील शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।
६ चैत्रपछि दर्शकमाझ आउने निर्मात्री मालती शाहले बताउँदै भनिन्, ‘त्यो समय उपयुक्त लाग्यो ।’ निर्माताद्वय मालती र सुशीलको लगानीमा यसअघि ‘लंका’ र ‘झोला’ दर्शकमाझ आइसकेको छ । चलचित्रमा जीवन, नीता, र मुकेशका अलावा श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाहलगायतको मुख्य अभिनय छ ।

Comments