‘बिग बोस’को २२ नम्बरमा किम
screennepal
प्रकाशित: २०७१, २९ कार्तिक शनिबार
no img

kim-kardashian-hot-photos-1

मु्म्बई । कलर्स टेलिभिजन च्यानलबाट प्रसारण हुँदै आएको लोकप्रिय रियालिटी सो ‘बिग बोस’ को सिजन ८ मा चर्चित हलिउड रियालिटी स्टार किम कार्दशियन प्रवेश गर्ने कुराले अहिले बलिउडमा चर्चा पाएको छ । ‘बिग बोस’ का निर्माताले आफ्नो सोमा एक धमाका ल्याउने बताएका छन्, त्यो उनको धमाका किम कार्दशियन नै रहेको बताइन्छ । सुत्रका अनुसार ‘बिग बोसको सोमा किम आउन तयार छिन् । त्यसका लागि निर्मातासँग किमले कुराकानी गरिरहेको बताइन्छ । तर, निर्माताले सकेसम्म कम बजेटमै किमलाई आफ्नो सोमा ल्याउने प्रयत्न गरिरहेका छन् ।

kim-kardashian-bikini-pics
चर्चा गरिएअनुसार किम केही दिनका लागि सोमा रहनेछिन् । तर, यसको कुनै पुष्टि भने भएको छैन । यदि सोमा आइन् भने किमको लोकप्रियता त बढ्ने छ नै, सोको पनि दर्शक बढ्ने अनुमान गरिएको छ । किमको इन्ट्री २२ नम्बरमा हुनसक्ने बताइएको छ । यसअघि पनि ‘बिग बोस’ मा केही हलिउड बालाको प्रवेश भइसकेको छ । पोर्न स्टार सन्नी लियोनले यसै सोमा छिरेपछि बलिउडमा पाइला राखेकी हुन् । त्यस्तै, अहिले अर्की पोर्न स्टार शान्ति डायनामाइटको नाम पनि यस सोमार्फत चर्चामा छ । एजेन्सीबाट

Comments