ड्रग्स तस्करको आरोपमा ‘सेक्स सिम्बल’ अभिनेत्री पक्राउ
screennepal
प्रकाशित: २०७१, २७ कार्तिक बिहीबार
no img

मुम्बई । ९० को दशकमा बलिउडमा सेक्स सिम्बलका रुपमा चर्चिच बलिउड अभिनेत्री ममता कुलकर्णी र उनको पति विक्की गोस्वामी केन्यामा लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका छन् । उनीहरुलाई केन्याको मोम्बासास्थित हिरासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । स्मरणीय कुरा विक्की यसअघि पनि लागूऔषध प्रकरणमा पक्राउ परेका थिए ।

Mamta-Kulkarni
विक्की लागूऔषधको धन्दाको माफिया भएको बताइएको छ । सन् १९९७ मा विक्की दुबईमा ११ दशमल ५ टन म्याड्रेक्स ड्रग्स तस्करी गरेको आरोमा पक्राउ परेका थिए । उक्त ड्रग्समो अनुमानित रकम ६० लाख डलर भएको बताइएको थियो । तैपनि उनलाई जेल प्रसासनले सजायमा कम गरेको थियो । विक्कीको व्यवहार राम्रो भएको भन्दै सजाय कम गरेको हो । दुबईको जेलमा विक्कीले इस्लाम धर्म अपनाएपछि ममतासँग बिहे गरेका थिए । उनीहरुबीच पहिलैदेखि सम्बन्ध थियो । समाचारमा जनाइएअनुसार विक्कीले जेल सजाय काटिरहेका बेला ममताले उसको रियल स्टेट बिजनेस सम्हालेकी थिइन् । एजेन्सी

Comments