शिल्पालाई पुरानो प्रेमले के के सिकायो ?
screennepal
प्रकाशित: २०७१, २७ कार्तिक बिहीबार
no img

अभिनेत्री शिल्पा पोखरेलले पुरानो प्रेम सम्बन्धले आफूलाई धेरै कुरा सिकाएको बताएकी छिन् । शुक्रवारको अन्तरंग कुराकानीमा उनले समयमै धेरै कुरा सिकाएकाले ती प्रेमीलाई धन्यबाद समेत दिएकी छिन् । भनेकी छिshilpaन्, ‘उसलाई पनि ‘थ्यांक यू’ भन्छु । त्यो सम्बन्धले समयमै धेरै कुरा सिकायो ।’

उनले प्रेममा अल्झियो भने करियर टाढा हुने धारणा राख्दै अहिले त्यता नअल्झिने खुलाएकी छिन् । उनी भन्छिन्, ‘मलाई त ब्वाइफ्रेन्ड बनाए करिअर टाढा हुन्छ जस्तो लाग्छ । त्यसैले अहिले त्यता सोच्दिनँ ।’
एउटा न एउटासँग प्रेम गर्नुपर्ने प्रशंगमा प्रेम प्रस्ताव कसैले राख्दा पुरानो कुरा सम्झेर रिस उठ्ने बताएकी छिन् । भनेकी छिन्, ‘अहिले कसैले प्रेम प्रस्ताव राख्दा पनि पहिलाको सम्झेर रिस उठ्ने रहेछ । त्यसैले त्यस्तो अफर गर्नेलाई साथी भएर बस्दा राम्रो हुन्छ भन्छु ।’

फिल्म हिट भएपछि तारिफ गर्ने र पछि लाग्ने बढेका बताउदै दिमाग खराब गर्ने म्यासेज आएर हैरान भएको बताएकी छिन् । चिन्नु न जान्नु एकैचोटि ‘आई लभ यू’ भन्नेले दिक्क लगाएको पनि अन्र्तबार्तामा उल्लेख छ ।

 

Comments