‘श्री ५ अम्बरे’मा रियाको कामुक अवतार (हेर्नुहोस् भिडियो)
screennepal
प्रकाशित: २०७१, २६ कार्तिक बुधबार
no img

10407112_951522391544218_5645351626285654886_nसंगीतका कारण पनि चर्चामा रहेको फिल्म ‘श्री ५ अम्बरे’को अर्को गीत ‘नाच्ने नचाउने सबैलाई मताउने’ सार्वजनिक भएको छ । फिल्ममा आइटम डान्सका रुपमा राखिएको उक्त गीतमा रिया श्रेष्ठको कामुक अवतार छ । बार डान्सरका रुपमा रियाले दर्शक तताउने मेसो निकालेकी छिन् । शिव विकले नृत्य निर्देशन गरेका हुन् भने वावु वोगटिको संगित रहेको छ । सरीता वलि र रत्न सुब्वाको स्वर रहेको आइटम गीतले जाडो मौसममा फिल्म हेर्न आउने दर्शकलाई तताउने निर्माण पक्षको आशा छ ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रह्लाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बा आदीले स्वर भरेका छन् । चलचित्रमा पाश्र्व संगीत विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेका छन । अभिमन्यू निरवी को लेखन रहेको चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छिन भने डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ । चलचित्र मंसिर ५ गते देशभरका चलचित्रहलहरुमा प्रदर्शन हुदैछ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=gKCcLt4GOpc

Comments