अमिताभ भनेपनि भुतुक्कै रेखा
screennepal
प्रकाशित: २०७१, २५ कार्तिक मंगलवार
no img

हालै ६० वर्षीया अभिनेत्री रेखाको फिल्म ‘सुपर नानी’ आयो । रेखाको उम्दा अभिनय र सुन्दरताले बलिउडमा कमाल देखाए पनि यस फिल्मले भने खासै कमाल देखाउन सकेन । फिल्मको चर्चा यत्तिकै सेलायो । तर, रेखा र अमिताभको ‘लभ स्टोरी’ भने बलिउडकर्मीका लागि जहिले पनि ‘हट टपिक’ हो । फिल्म ‘कुली’ को सुटिङका क्रममा अमिताभ घाइते भए । उनको स्वास्थ्यलाभको कामना गर्ने लाखौँ भारतीयमध्ये रेखा पनि एक थिइन् । त्यतिबेला रेखा अमिताभको प्रेममा परेकी थिइन् । अमिताभ मुम्बईको क्यान्डी हस्पिटलमा जीवन र मृत्युको दोसाँधमा हुँदा उनी मन्दिर–मन्दिर चहार्दै थिइन् । हजारौँ मानिस दिनहुँ अमिताभलाई भेट्न हस्पिटलमा आउँथे । फूल र शुभकामना सन्देशको अस्पतालमा थुप्रो नै लागेको थियो ।
rekhaश्रीमती जया बच्चन सेवारत थिइन् । छोरा अभिषेक र छोरी श्वेता सानै थिए । आफ्ना श्रीमान्को जीवनका लागि जया लागिपरेकी थिइन् । रेखा आफ्ना प्रेमीलाई भेट्न चाहन्थिन् तर जान सकिनन् । किनकि, जया उनी र अमिताभबीच पर्खाल बनेर उभिएकी थिइन् । प्रेमीको हालखबर जान्नका लागि रेखा व्याकुल थिइन् । भेट्न जाँदा आफू र जयाबीचको विवादले अमिताभको स्वास्थ्यमा असर पु¥याउला कि भन्ने डरले उनी अस्पताल जान सकिनन् । तर, उनको व्यग्रता बढ्दै गयो र मन अस्पतालतिरमात्र तानिन्थ्यो । पछि उनले अमिताभलाई भेट्ने जुक्ति निकालिन्– बिहानै अस्पताल जाने । ‘त्यतिबेला जया हुँदिनन् होला, भए पनि निद्रामा हुन्छिन् होला,’ भन्ने रेखाले अनुमान गरिन् । त्यस समयमा रेखा अमिताभका सुस्वास्थ्यका लागि कठिन पूजापाठ गर्थिन् र मन्दिर जान्थिन् । एक दिन पूजा गरेपछि उनी आफ्ना साथी शरद पाण्डेसँग क्यान्डी हस्पिटल पुगिन् । रेखाको चाहना पूरा भयो । उनले टाढाबाट अमिताभको अनुहार हेर्न पाइन् । तर, आफ्नो प्रेमीको अवस्था देखेर उनी झस्किइन् । अमिताभ आईसीयूमा थिए । पूरै शरीर पाइपले बेरिएका थियो, औषधि, मेसिन र अचेत थिए अमिताभ । यो देखेर रेखाले आँसु थाम्न सकिनन् । उनले भगवान् मात्र एउटा सहारा ठानिन् र तीर्थस्थल भ्रमणतिर लागिन् । उनी उज्जैनको महाकालेश्वर मन्दिर गइन् र त्यहाँ १ लाख २५ हजार जप गराइन् । त्यसपछि तिरुपति श्रीबेंकटेश्वर बालाजीको मन्दिर गइन् । रेखा पैदलै मन्दिर पुग्थिन् र अमिताभको स्वास्थ्य लाभको कामना गर्थिन् ।
भनिन्छ, जयाले यही मौका छोपेर द्वेष पोखिन् । उनले रेखाविरुद्ध अमिताभका कान भरिन् । आफू अचेत भएर मृत्युसँग लडिरहँदा रेखा पार्टीमा व्यस्त भएको सुन्दा महानायकको मन अमिलियो । आगोमा घ्यूको थप्ने काम ग¥यो सञ्जय दत्त र रेखाको अफेयरको झुटो खबरले । उनले सञ्जयलाई डेट गरिरहेकको कुरा अमिताभलाई सुनाइयो । यो कुरा सुन्नेबित्तिकै उनी रेखाप्रति रिसले आगो भए । पछि रेखाले फिल्म ‘उमराव जान’ को पार्टीमा बोलाउँदा पनि उनी आएनन् । जयाले आफूले रेखालाई भेट्न कुनै रोक नलगाएको तर रेखा आफैँ उनलाई भेट्न चाहेको कुरा अमिताभलाई सुनाएकी थिइन् ।
स्वास्थ्यमा सुधार आएपछि रेखा शशि कपुरसँग अमिताभलाई भेट्न अस्पताल पुगिन् । आफूलाई अमिताभले नदेखेझैँ गरेपछि उनी चुपचाप त्यहाँबाट निस्किइन् । स्वास्थ्य सुध्रिएपछि अमिताभ आफ्नो बंगला ‘प्रतीक्षा’बाट फ्यानहरूलाई हात हल्लाउँथे र धन्यवाद दिन्थे । रेखा पनि कालो सिसा भएको गाडीमा बसेर उनलाई हेर्थिन् । तर, अमिताभले यो कुरा कहिल्यै थाहा पाएनन् । रेखाले अमिताभका लागि धेरै त्याग गरिन्, कष्ट गरिन् र पर्खिइन् । तर, अमिताभको मनमा उनका लागि उपेक्षामात्र थियो । यसपछि रेखा अप्ठ्यारो समयबाट गुज्रिन् तर अमिताभले सोधखबर केही गरेनन् । यो कुराले रेखा झन् टुटिन् । एक पत्रिकामा अन्तर्वार्ता दिने क्रममा उनले भनेकी थिइन्– ‘तपाईं कसैलाई मन पराउनुहुन्छ र उसले तपाईंको वास्ता नगरोस् । यस्तो मायाको के गर्नु ?’

Comments