सबैले ‘खान’ होइन, हेर्न मिल्ने ‘जेरी’ (भिडियो सहित)
screennepal
प्रकाशित: २०७१, २५ कार्तिक मंगलवार
no img

सेन्सर बोर्डले नेपाली फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिँदा पनि आश्चार्यचकित हुनुपर्ने दिन आएको छ । त्यसमाथि पनि टिनेजरको प्रेमकहानीमा आधारित फिल्मले ‘यु’ सर्टिफिकेट पाउँदा झन् अचम्म भएको छ । सबै प्रकारका दर्शकलाई फिल्म हेराउन ‘होस्टेल’देखि थालेको निर्देशक हेमराज विसीको यात्राको निरन्तरता ‘जेरी’मा देखिएको छ ।

फिल्म शुक्रवार आर्थत् कातिर्क २८ गते रिलिज हुँदैछ । लभस्टोरी फिल्म ‘जेरी’लाई सेन्सर बोर्डका सदस्यले रुचाएको बताएका छन् । ‘फिल्मलाई सेन्सर बोर्ड सदस्यहरुले रुचाउनु भयो । आशा छ, दर्शकहरुले पनि रुचाउनु हुनेछ’, निर्माता मनोज शेरचनले भने ।

फिल्म ‘जेरी’मा अभिनेता अनमोल केसी शिर्È भूमिकामा छन् । एना शर्मा उनको जोडीका रुप्मा देखिएकी छिन् । मुस्ताङका सुन्दर लोकेसनमा छायांकन गरिएको फिल्मको ट्रेलर र गीत धेरैले रुचाएका छन् ।

Comments