जेनिफरले पनि आफ्नो आत्मकथा नल्याउने
screennepal
प्रकाशित: २०७१, २४ कार्तिक सोमबार
no img

लन्डन । केही दिनअघि मात्र बलिउड अभिनेत्री मनीषा कोइरालाले आफ्नो आत्मकथा नल्याउने बताएकी थिइन् । उनी मुम्बईबाट नेपाल आउने बेलामा भारतीय सञ्चारमाध्यमसँग आफ्नो आत्मकथा नल्याउने बताएकी हुन् । अहिले मनीषा नेपाल छिन् । शनिबार काठमाडौं आइपुगेकी मनीषाले अब बिहेसमेत नगर्ने बताएकी छन् । मुम्बईबाट नेपाल आउँदा मनीषाबारे भारतीय भिडियाले कुनै न कुनै खुलासा गर्ने गरेका छन् ।

Jennifer-Lopez
यस्तै, मनीषाको मात्रै नभई अब हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेजले पनि आफ्नो आत्मकथा पढ्न नपाइने भएको छ । जेनिफरले आफ्नो आत्मकथा ‘ट्रयु लभ’ ल्याउने बताएकी थिइन् । जेनिफरबारे पुस्तक आउने खबरले उनका फ्यान तथा प्रसंसक खुसी थिए । तर, त्यो खुसी एक वर्ष नबित्दै उनले खोसाएकी छन् । आत्मकथा ल्याउँदा आफ्नो नीजी जीवनका केही बढी कुरा खुलासा हुने भएपछि  योजना रद्द गरेको उनले बताएकी छन् ।
समाचारमा जनाइएअनुसार जेनिफरले सुरुमा पर्दा पछाडिका आफ्नो जिन्दगीबारे लेखेकी थिइन्, जसमा उनले आफ्नो तीन असफल बिवाहबारे बढी समेटिएका छन् । आत्मकथा लेख्न सुरु गर्दा आफ्नो बैवाहिक जीवनको असफलताहरु खोतलिँदै गएपछि पुस्तक लख्नै छाडेको उनको भनाइ छ । जेनिफरले एक वर्ष अघिमात्र आफ्नो नीजि जीवनबारे पुस्तक लेख्ने बताएकी हुन् । तर, अहिले आएर उनले भनेकी छन्, ‘अब मेरो पुस्तक आउँदैन ।’ एजेन्सीबाट

Comments