‘छोपिएको सत्य’ चर्चामा आएपछि सोलो ल्याउँदै प्रियंका
screennepal
प्रकाशित: २०७१, २४ कार्तिक सोमबार
no img

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की दंग छिन् । केही समयअघि प्रदर्शन भएको चलचित्र ‘आवरण’ मा उनले शीर्ष गीत गाएकी थिइन् । उक्त गीतको चर्चासँगै उनी फुरुंग भएकी हुन् । ‘आवरण’ को ‘छोपिएको सत्य’ बोलको गीतले चर्चा पाइरहेका बेला प्रियंकाले सुनाइन्, ‘सानैदेखि गायनमा रुचि भएपनि निरन्तरता दिन सकिन ।’  पढाइमै व्यस्त भइरहेकै बेला अभिनयमा लागेकाले संगीतलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ ।

priyanka karki (3)
विस्तारै प्रियंका कार्कीको परिचयमा गायन थपिने भएको छ । हिजोआज उनी आफ्नो स्वरमा सोलो एल्बम निकाल्ने तयारी गरिरहेकी छन । उनका अनुसार एल्बमका ८ वटा गीत रहने छ । तर एल्बमको नाम भने जुराएी छैनन् । उनले आफ्नो सानैदेखिको संगीतप्रति मोह पूरा गर्न एल्बम निकाल्ने सोचमा पुगेको बताउँछिन् । ‘मलाई सबैले राम्रो गीत गाउँछौं भन्नुहुन्थ्यो’ उनले भनिन्, ‘आवरणको गीतलाई सबैले मन पराएपछि साँच्चीकै गाउन सक्छुजस्तो लाग्यो र एल्बम निकाल्ने सुरमा पुगेकी हुँ ।’ उनले चाँडै रेन्ज स्टुडियोमा ‘स्वतन्त्र’ बोलको गीत रेकर्ड गराउँदैछिन । जसमा शब्द र संगीत शैलेश श्रेष्ठ र शैलेन्द्र सिंहको रहने छ । प्र्रियंका भन्छिन ‘आफुसँग भएको हरेक इच्छा पूरा गर्नुपर्छ तर मिहिनेत र इमान्दारिताका साथ ।’उनले आफ्नो एल्बमको  ८ वटै गीतको भिडियो बनाउन सोच बनाएकी छन् । ‘मेरो बेस्ट फ्रेन्ड’ मार्फत चलचित्रमा डेब्यु गरेकी प्रियंकाले गायनमा के गर्लिन्, त्यो समयले बताउँने छ ।

Comments