मनीषा कोइरालाले अब बायोग्राफी नलेख्ने
screennepal
प्रकाशित: २०७१, २२ कार्तिक शनिबार
no img

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले अब अटोबायोग्राफी नलेख्ने निर्णय गरेकी छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले अटोबायोग्राफी लेख्ने आफ्नो प्लान तत्काल नभएको बताएकी हुन् । मनीषाका अनुसार बायोग्राफीमा इमानदारिताका साथ सबै कुरा उल्लेख गर्नु पर्ने भएकाले अहिलेलाई आफ्नो योजना रद्द बनाएकी हुन् । केही महिना अघि मनीषाले आफ्नो बलिउड करिअर तथा नीजि जीवनबारे पुस्तक लेख्ने बताएकी थिइन् ।

manisha_koirala_latest_stills_1010120838_033
मनीषले पछिल्लो दुई वर्ष कठिनका साथ जीवन गुजारिन् । जतिखेर उनी पाठेघर क्यान्सर पीडित भइन्, त्यो समय उनका लागि अति कठिन थियो । अमेरिकामा क्यान्सरेको सफल उपचारपछि उनले आफ्नो अटोबायोग्राफी लेख्ने बताएकी हुन् । उनको बायोग्राफी प्रकाशन गर्ने पब्लिशर्ससमेत तयार थिए । यसैबेला अहिले उनले अब आफ्नो बायोग्राफी नलेख्ने बताएकी हुन् ।

Comments