चलचित्रमा डेब्यु गर्दै पूर्वमिस नेपाल सृष्टि
screennepal
प्रकाशित: २०७१, २० कार्तिक बिहीबार
no img

काठमाडौं । १६ कार्तिकदेखि अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘जार’ मञ्चन भइरहेको छ । ‘जार’ अर्थात् अर्काको पत्नी भगौडा पात्रको कथावस्तु चित्रण गरिएको ‘जार’लाई  चलचित्र पर्दामा पनि उतारिने भएको छ । ‘जार’लाई ‘छड्के’ को  निर्देशक निगम श्रेष्ठले पर्दामा उतार्ने भएका हुन् । चलचित्र ‘जार’ बन्नेबारे आधिकारिक निर्माणपक्षबाट आधारिक घोषणा गरिएको छैन । चलचित्र बन्ने पकका भएको छ । यसै चलचित्रबाट पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अभिनयमा डेब्यु गर्दैछिन् ।

Shristi-Shrestha 12
चलचित्र ‘जार’ कै लागि सुष्टिलगायतका कलाकार अहिले अनामनगरमा वर्कशप गरिरहेका छन् । उनीहरुलाई चर्चित रंगकर्मी सुनिल पोखरेलले प्रशिक्षण दिइरहेका छन् । उक्त वर्कशपमा सहभागी एक कलाकारले भने, ‘जारबाट सुष्टि अभिनयमा डेब्यु गर्दैछिन् । अहिले उनी हामीसँगै वर्कशपमा छिन् ।’ चलचित्र अभिनयमा प्रवेश गर्ने सुष्टि पछिल्लो पूर्वसुन्दरी हुन् । यसअघि झरना बज्रचार्य, माल्भिका सुब्बा र मलिना जोशीले चलचित्रमा अभिनय गरिसकेका छन् । तर, यी सुन्दरीहरुलाई चलचित्र अभिनय खाशै फापेको देखिएन । झरनाले केही वर्ष चलचित्रका अभिनय गरिन् तर अहिले उनी गुमनाम छिन् । अर्की पूर्वसुन्दरी माल्भिकाले अभिनयमा डेब्यु गर्न लागेको चलचित्र ‘गुड बाई काठमाडौं’ तीन वर्षदेखि छायांकनमै अड्किएको छ ।
पछिल्लो समय माल्भिकाले चलचित्र ‘हाउ फन्नी’ निर्माणको घोषणा गरेकी छन् । र, मलिना अभिनीत चलचित्र ‘ऋतु’ ले सोचेजस्तो व्यापार गरेन । यी हुन् पूर्वमिस नेपाललाई अभिनय नफापेको उदाहरण । यसैबेला स्न २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ अभिनयमा प्रवेश हुन लागेको खबर आएको हो । ‘जार’ टिमका अनुसार सुष्टिको अपोजिट भूमिकामा अभिनेता तथा रंगकर्मी सौगात मल्ल हुनेछन् । सौगातलाई फिल्मको पर्दामा निगमले नै उतारेका हुन् । निगमले उनलाई चलचित्र ‘छड्के’ मा नायक बनाए । त्यसपछि अब उनले ‘जार’ मा जार बनाउँदैछन् ।
नेपाली समाजमा जानाजान कसैको ‘जार’ बनेका थुप्रै उदाहरण छन् ।  यसरी नै जार बनेका पात्रहरुलाई नाटकमा देखाइएको छ । मण्डला थिएटर नेपालकै प्रस्तुतीमा ‘जार’ चलचित्रको पर्दामा कस्तो कस्तो देखिएका त ? त्यो चलचित्र तयार भएपछि थाहा हुनेछ, तर, नाटकमा ‘जार’ निकै रुचाएको छ । इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’ भएको एउटा घटनालाई सुनिल पोखरेलले परिकल्पना तथा निर्देशन गरेका हुन् भने कथाको नाट्य रुपान्तरण खगेन्द्र लामिछाने गरेका छन् ।

Comments