२५ बैशाखमा ‘होस्टेल रिटन्र्स’
screennepal
प्रकाशित: २०७१, १६ कार्तिक आईतवार
no img

hostel-returns-in1

काठमाडौं । चलचित्र ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल रिटन्र्स’ को प्रर्दशन मिति सार्वजनिक गरिएको छ । ‘होस्टेल’ निर्माण हौसिएका निर्माता सुनिल रावलले ‘होस्टेल रिटन्र्स’ नाम दिएर अर्को चलचित्र निर्माण गरेका हुन् । यो चलचित्र आउँदो बर्षको २५ वैशाखमा देशव्यापी प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ । हाल यस चलचित्रको सम्पादन भइरहेको छ ।

hostel-returns-in3
चलचित्र ‘होस्टेल’ गत वर्ष प्रदर्शन भएका थोरै सफल चलचित्रमध्ये चलचित्रलाई एक थियो । दुर्गिस फिल्मको ब्यानरमा निर्माण भएको ‘होस्टेल’ मा छात्रावासमा बस्नेहरुको जीवनशैली र प्रेम जीवनलाई प्रस्तुत गरिएको छ । सुरज भुषाल निर्र्देर्शित यस चलचित्रमा सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्केलगायतका कलाकारको अभिनय छ । चलचित्रमा स्वप्नील आचार्यको संगीत, हरि हुमागाईंको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राईको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा रहेको छ । चलचित्रले सफलता पाउनेमा निर्माता रावल ढुक्क छन् ।

Comments