‘बागमती’मा हमाल ३० मिनेट अगाडि पुगे !
screennepal
प्रकाशित: २०७१, १६ कार्तिक आईतवार
no img

काठमाडौं । बोलाइएको कार्यक्रममा प्रायः ढिलै पुग्ने अभिनेता राजेश हमाल शनिबार एक कार्यक्रममा भने निर्धारित समयभन्दा करिब आधा घन्टा अगाडि पुगेका थिए । अनामनगरस्थित युनियन हाउसमा आयोजित चलचित्र ‘बागमती’ को इन्ड क्ल्याप तथा पत्रकार सम्मेनलमा अभिनेता हमाल आइपग्दा केही पत्रकार मात्र आएका थिए । आयोजकभन्दा अगाडि हमाल कार्यक्रममा देखिएपछि सञ्चारकर्मी चकित परेका थिए । जब कार्यक्रम सुरु भए अनि हमालले भने, ‘यस्तै हुन्छ भनेर म प्राय ढिलो आउने गर्छु । सबै समय मिलाएर हिड्ने गरेको छु ।’ निर्धारित समय १ बजे थियो हामाल पौने १ मै आइुपगेका थिए भने साढे १ मा कार्यक्रम सुरु भएको थियो । हमाल कार्यक्रममा निकै खुसी देखिन्थे ।

Rajesh-and-keki-in-film-bagmati

कार्यक्रम सकेपछि अभिनेता हमाल र केकी अधिकारी । तस्बिर/अनलाइन खबर

कार्यक्रममा बोल्दै अभिनेता हमालले ‘बागमती’मा डुबेर अभिनय गरेकाले राम्रो चलचित्र बनेको दावी गरे । उनले मिहिनेतका साथ चलचित्रको छायांकन सकेको पनि बताएका थिए । अधिकांश दक्षिण भारतीय प्राविधिक र प्रविधि प्रयोग गरि निर्माण गरिएको ‘बागमती’ को छायांकन ४५ दिनमा सकिएको जानकारी गराएको थियो । चलचित्रमा फिल्ममा हमालका अलवा शिव श्रेष्ठ, केकी अधिकारीलगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा अभिनेत्री केकी अधिकारीको पनि उपस्थित थियो । उनी पनि हमालभन्दा निकै पछापड आइपुगेकी थिइन् ।
ट्री इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बागमती’ को लेखन तथा निर्देशन सन्नी ‘केरला’ ले गरेका हुन् । ‘बागमती’ अहिलेसम्मकै बिग बजेटमा निर्माण नेपाली चलचित्र भएको निर्माणपक्षको दावी छ । उनीहरुले छायांकन अवधीसम्ममै २ करोड सकिएको दाबी गरेका छन् । चलचित्रको नाम सुन्दा बृत्तचित्रजस्तो लागे पनि निर्माणपक्षले पूर्ण मनोरञ्जनात्मक, पारिवारिक र सन्देशमुलक चलचित्र बताएका छन् । बागमती जति सुकै प्रदुषित भएपनि पवित्र नै हुन्छ भन्ने चलचित्र ‘बागमती’ को आशय हो । चलचित्रमा समय र परिस्थितका कारण विकृति र विसंगतयुक्त हुन पुगेको पात्र अन्तत ः आफ्नो उद्देश्यमा नै फर्कने छ भन्ने देखाउन खोजिएको छ ।
चलचित्रको पोष्ट प्रोडक्शनको काम दक्षिण भारतको चेन्नईस्थित आनन्द सिने सर्भिसको जेमिनी स्टुडियो र केरला स्टेट फिल्म डेपलभमेन्ट कर्पोरेसनको चित्राञ्जली स्टुडियोमा गरिने जनाइएको छ । प्रस्तुतकर्ता दिनेश दर्शनधारीका अनुसार चलचित्र माघे संक्रान्तिमा प्रदर्शन हुनेछ ।

Comments