ऋतिक–सुजैनसम्बन्ध : ट्राफिक लाइटदेखि अदालतको ढोकासम्म
screennepal
प्रकाशित: २०७१, १५ कार्तिक शनिबार
no img
6194_1

तस्बिर : दैनिक भास्कर

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खानबीच शनिबारबाट औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । केही महिनाअघि सुजैन र ऋतिकले सम्बन्धविच्छेदका लागि दर्ता गरेको निवेदनमाथि मुम्बईस्थित फेमिली कोर्टले स्वीकृत गरेपछि उनीहरुको औपचारिक रुपमै सम्बन्धविच्छेद भएको हो ।
सम्बन्धविच्छेद गर्न ऋतिक र सुजैन फरक–फरक गाडीमा अदालत पुगेका थिए । उनीहरु ११ बजे अदालतबाट बाहिरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुम्बईको बान्द्रामा अवस्थित अदालतमा दुवैले ६ महिनाअघि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गराएका थिए । अदालतमा दुवैका वकिल मृनालिनी देशमुख र दिपेश मेहेता उपस्थित थिए ।
सम्बन्धविच्छेदमा ऋतिकले सुजैनलाई कति क्षतिपूर्ति उपलब्ध गराए भन्ने अदालतको कागजातमा उल्लेख गरिएको छैन । तर, यसअघि सुजैनले चार सय करोड क्षतिपूर्ति माग गरेकी थिइन् । तर, त्यति रकम क्षतिपूर्ति दिन ऋतिकले अस्वीकार गरेका थिए । यस्तै, सुत्रका अनुसार सुजैन ‘एलिमनी’ बापत एक सय करोड भारतीय रुपैयाँमा सहमति जनाएकी छन् । तर, यसको पुष्टि भने भएको छैन ।

ritik
अदालतले दुवैसँग आफ्नो छोराहरुमाथि समान अधिकार रहने कागज गराएको छ । तर, वर्षीय रेहान र ५ वर्षीय हृदान नाबालक भएकाले आमा सुजैनसँगै बस्ने छन् । यसमा ऋतिक सहमत भएका छन् । ऋतिक र सुजैन करिब १७ वर्षअघि पहिलोपटक भेट भएका थिए । त्यतिखेर ऋतिकले सुजैनलाई एक ट्राफिक लाइटको सिग्नलमा देखेका थिए । त्यसपछि उनीहरुबीच प्रेम चलेको थियो । भेटेकै साल भेलेन्टाइन डेका दिन ऋतिकले प्रेम प्रपोज गरेको सुजैनले स्वीकारेकी थिइन् । लामो समयको प्रेमलापपछि उनीहरुले २० डिसेम्बर २००० मा बिहे गरेका थिए । एजेन्सी

Comments