टल्किँदै ‘टलकजंग भर्सेस टुल्के’
screennepal
प्रकाशित: २०७१, १४ कार्तिक शुक्रबार
no img

daya

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले सुरुवाती व्यापार राम्रो गरेको छ । निर्माणपक्षका अनुसार फिल्मले सोचेभन्दा राम्रो दर्शक पाएको छ । यो फिल्म  उपत्यकाका पाँच मल्टिप्लेक्सका एक तिहाइ पर्दामा रिजिल भइरहेको छ ।

निश्चल बस्नेत निर्देशित यस फिल्मलाई क्यूएफएक्स, बिग, क्यूज, एफक्यूब र सिने डी सेफ मल्टिप्लेक्समा रिलिज भएको हो । आफूलाई टलकजंगका रुपमा चिनाउन रुचाउने तर समाजले टुल्के भनेर बोलाउने एक पात्रमाथि केन्द्रित फिल्मले मुलुकले विगतमा भोगेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिलाई समेटेको छ । फिल्ममा मुख्य भूमिकामा देखिएका खगेन्द्र लामिछानेकै पटकथा रहेको फिल्म ब्लकबस्टर्स फिल्म ‘लुट’ का निर्देशक निश्चलको दोस्रो फिल्म हो । फिल्ममा दयाहाङ राईलाई नयाँ गेटअपमा देख्न सकिन्छ । यस फिल्मलाई बहुप्रतीक्षित फिल्मका रुपमा लिइएको थियो ।

Comments