अमिताभलाई सिखविरुद्ध हिंसा फैलाएको आरोप !
screennepal
प्रकाशित: २०७१, १३ कार्तिक बिहीबार
no img

मुम्बई । बलिउडको महानायक अमिताभ बच्चनविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर भएको छ । सन् १९८४ को सिख हिंसाको आरोपमा अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
लस एन्जल्सको संघीय अदालतमा अमिताभविरुद्ध सन् १९८४ मा सिख समुदायविरुद्ध हिंसा फैलाएको आरोप लागेको थियो ‘सिख फर जस्टिस’ संगठनका कानुनी सल्लाहकार गुरुपतवंत सिंह पनुनले मुद्दा दर्ता गरेका हुन् । सो दर्ता गरिएको मुद्धामा सन् १९८४ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि बलिउड अभिनेता अमिताभ बच्चनले सिखहरुविरुद्ध हिंसा भड्काएको र  ‘रगतको बदलामा रगत’ भन्ने नारा लगाएको आरोप लगाइएको छ । पनुनका अनुसार अमिताभको त्यतिबेला गान्धी परिवारसँग निकै हिमचिम थियो । उनी भन्छन्, ‘सन् १९८४ को अक्टोबर ३१ तारिखका दिन जब इन्दिरा गान्धीको हत्या भएको थियो, बच्चनले त्यहाँ उपस्थित भिडलाई सिखविरुद्ध भड्काएका थिए ।’Amitabh-Bachchan-Photos-4
अब बच्चनले २१ दिनभित्र अदालतलाई स्पष्टिकरण दिनुपर्नेछ । पछिल्लो वर्ष सिख हिंसाको घटनामा जगदीश कौर नामका एक व्यक्तीले अमिताभ बच्चनमाथि सिखविरुद्ध हिंसा फैलाएको आरोप लगाएका थिए । तर, उनलाई पक्राउ गरिएन त्यो बेला । बच्चनले आफ्नो हात हल्लाई–हल्लाई त्यहाँ उपस्थित भिडलाई हिंसाका लागि उत्प्रेरित गरिरहेको दुरदर्शन टेलिभिजनमार्फत देखेको कौरले ठोकुवा गर्दै भने । यद्यपी, अमिताभ बच्चनले भने यी आरोपहरुलाई नकार्दै आइरहेका छन् । सन् २०११ मा सिखहरुको सबैभन्दा ठूला संस्था ‘अकाल तख्त’ लाई पत्र लेख्दै उनीविरुद्ध लागेको आरोप निरर्थक भएको बताएका छन् । उक्त पत्रमा उनले आफ्नी आमा नै सिख भएको बताएका थिए । स्मरणीय कुरा के भने हालै अमेरिकी अदालतमा सिख हिंसाको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पनि आरोप दर्ता गरिएको थियो । -एजेन्सीबाट

Comments