मुम्बई । दिनसम्म थुनिँदा कस्तो होला ? त्यो पर्नेलाई थाहा हुन्छ । यस्तै भयो बलिउडकी ‘किक फेम’ ज्याकलिन फर्नाडीसको हालत पनि । यी अभिनेत्री हालै क्यानडाको ओटावामास्थित एक होटलको कोठामा दुई दिनसम्म थुनिनुप-यो ।
ज्याकलिन आफ्नो अन्तर्राष्ट्रिय फिल्मको सुटिङको दौरानमा क्यानडा पुगेकी थिइन् । त्यसै दौरानमा त्यहाँको पार्लियामेन्ट हिल्स आसपासमा गोलीबारी भयो । त्यसपछि क्यानडा सरकारले सहर बन्द गर्न आदेश जारी ग¥यो । समाचारमा जनाइएअनुसार हमलाकारी खुलेआम घुमिरहेका थिए । त्यसैले जनतालाई सुरक्षित गर्न सरकारले घरभित्रै बस्न आग्रह गरेको थियो ।
एजेन्सीले जनाएअनुसार जुन ठाउँमा घटना भएको थियो, त्यहाँबाट ज्यालिन बसेको होटल ३० मिनेटको दूरी मात्र थियो । त्यसैले ज्याकलिन र उनका क्रियु करिब ४८ घन्टा होटलबाट बाहर निस्किन पाइनन् । ज्यालिनले भनिन्, ‘हामीले फिल्मको सुटिङ सुरु गर्न लागेका थियौं । तब हामीलाई बाहिर ननिस्किन भनियो । बाहिर सहरमा गोलीबारी भइरहेको छ । होटलबाट बाहिर ननिस्किनु र कोठा बन्द गरेर बस्न भन्ने आदेश आएपछि हामी कोठामै बस्यौं ।’ उनले बन्द कोठाभित्र बस्दा प्रार्थना गरिरहेको सुनाइन् । ‘बाहिर गोलाबारी चलिरहेको र बाहिर निस्किन नदिएपछि हामी झनै डरायौं’ उनले भनिन्, ‘त्यसैले सुरक्षित हुनका लागि भगवानसँग प्रार्थना गरिरहेका थियौं ।’ दुईंपछि पुन सुटिङ सुचारु भएको सुनाउँदै ज्याकलिने भनिन्, ‘हामी ठूलो दुर्घटनाबाट जोग्यौं ।’