नेपालका हिमालदेखि दंग बलिउड अभिनेत्री !
screennepal
प्रकाशित: २०७१, २ कार्तिक आईतवार
no img

काठमाडौं । केही सयमयता नेपालमा विदेसी कलाकारहरुको आगमन बाक्लिँदै गएको छ । बलिउडका मात्र नभई हलिउड कलाकारसमेत धमाधम यहाँ आउन थालेका छन् । अभिनेता  आमिर खान मुम्बई फर्केको साता दिन नबित्दै बलिउड अभिनेत्री जरिन खान नेपाल आएकी छन् ।

zarin-khan
‘दबंग स्टार’ सलमान खानकी नायिकाको रुपमा चर्चामा आएकी जरिन एक फेसन कम्पनीले आयोजना गरेको फेसन सोमा सहभागी हुन आएकी हुन् । सलमानले जरिनलाई फिल्म ‘बीर’ मार्फत बलिउड इन्ट्री गराएका हुन् । यी ‘बीर’ अभिनेत्रीले आयोजकले गरेको पत्रकार सम्मेलनमा भनिन्, ‘पहिलोपटक नेपाल आएकी हुँ । मलाई नेपाल असाध्यै मनप¥यो ।’ उनले पुनः नेपाल घुम्न आउने इच्छा व्यक्त गरिन् । यी अभिनेत्रीले हिमशृंखलाका कारण नेपाल आफ्नो रोजाईमा परेको खुलाइन् ।
पनाचे ग्यालेक्सी अफ स्टार्सले गरेको फेसन सोमा ¥याम्प नाप्न आएकी जरिन विश्व चर्चित फेसन डिजाइनर विशाल कपुरका पहिरनमा शनिबार साँझ सोल्टी होटलमा क्वाटवाक गरिन् । करिब २ घन्टा चलेको कार्यक्रममा जरिनलगायत नेपालका चर्चित मोडलले पनि ¥याम्प नापेका थिए । जरिन लेहेंगामा -याम्पमा उत्रँदा तालिको स्वागत गरेका थिए । कार्यक्रममा जरिनसँगै आएका अर्का कलाकार एजाज खान पनि -याम्पमा देखिए ।
कार्यक्रममा विजय लामा, निशा अधिकारी, रेश महरठ्ठा, निलम चन्द, इशानी श्रेष्ठलगायतका कलाकार तथा मोडलले ¥याम्प नापेका थिए । विभिन्न उच्च प्रोफाइलका व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा बलिउडका आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

Comments