दीपिकालाई फ्रेन्च फिल्म मनपर्छ !
screennepal
प्रकाशित: २०७१, ३१ आश्विन शुक्रबार
no img

काठमाडौं । अभिनेत्री दीपिका पादुकोण बलिउडइत्तरका फिल्ममा काम गर्न चाहन्छिन् । तर, उनको नजर हलिउड फिल्ममा छैन । दीपिका फ्रेन्च र ईरानी फिल्ममा काम गर्न इच्छुक छिन् । त्यसका लागि उनले आफूलाई मनपर्ने फिल्म निर्देशकसमेत तय गरेकी छन् ।

deepika-padukone-

दीपिका पादुकोण

२८ वर्षीया दीपिका बुधबार सुरु भएको १६औं मुम्बई फिल्म महोत्सवमा भनिन्, ‘मलाई लाग्छ, फ्रेन्च सिनेमा भारतीय सिनेमा भन्दा कम छैन । मैले केही फिल्ममा काम समेत गरिसकेकी छु । म फिल्मको कहानी र पटकथामा ध्यान राख्छु । यदि मलाई राम्रो लाग्ने इरानी फिल्म पाएँ काम गर्न तयार छु ।’ उनले फ्रेन्च फिल्म ‘प्राइसलेस’ आफूलाई सबैभन्दा मनपर्ने फिल्म भएको सुनाइन् । ‘मैले केही ईरानी फिल्म पनि हेरेकी छु’ उनले भनिन्, ‘मलाई इरानी फिल्मका केही निर्देशक राम्रा लाग्छन् । जो, उनीहरुसँग काम गर्ने मेरो इच्छा छ ।’ दीपिका अभिनीत फिल्म ‘ह्याप्पी न्यू ईयर’ यही २४ अक्टुबरबाट रिलिज हुँदैछ । उनी यतिखेर यसै फिल्मको प्रमोसनमा व्यस्त छिन् ।
–एजेन्सीको सहयोगमा

Comments