१६ बर्षपछि पार्वतीको ‘कमब्याक’
screennepal
प्रकाशित: २०७१, २८ आश्विन मंगलवार
no img

10723580_879389345406226_1492012541_n

काठमाडौं । हाल युरोपका विभिन्न देशमा सुटिङ भइरहेको फिल्म ‘नमस्ते नेपाल’ मा पुराना कलाकारको जमघट भएको छ । करिब डेढ दशकदेखि कलाकारिताबाट टाढिएर यूरोपमा बसिरहेकी अभिनेत्री पार्वती अधिकारी, खलनायक नरेन्द थापा, अभिनेत्री कमला दाहाल र निर्देशक सनमकुमार बैरागको यसै फिल्मबाट ‘कमब्याक’ गर्दैछन् ।

Narendra Thapa
कुनै समयकी चर्चित अभिनेत्री पार्वती १६ बर्षपछि अभिनयमा फर्किएकी हुन भने अभिनेता नरेन्द थापा १६ बर्ष, अभिनेत्री कमला ७ बर्ष र निर्देशक सनमकुमार पनि १६ बर्षपछि नै एक्सन कटमा फर्किएका हुन् । कुनै समय तमिल फिल्ममा समेत काम गरेकी कमलाले ‘सपनाको नौलो संसार’ मा अभिनय गरेकी छन् भने निर्देशक बैरागले ‘श्रद्धाञ्जली’ निर्देशन गरेका छन् । निर्माता प्रदीप उदयका अनुसार दशकपछि फिल्म अभिनयमा ‘कमब्याक’ हुन पाउँदा उनीहरु निकै उत्साहित छन् । हाल बेल्जियममा छायाकंन भइरहेको ‘नमस्ते नेपाल’ लाई राजु शाहले निर्देशन गरिरहेका छन् । फिल्मको हालसम्म ४० प्रतिशत छायांकन सकिएको निर्माणपक्षले जनाएको छ ।

Comments