भद्रकालीबाट ‘नाईँ नभन्नु ल–३’ सुरु
screennepal
प्रकाशित: २०७१, २३ आश्विन बिहीबार
no img

3

काठमाडौं । एक वर्षअघि प्रदर्शित बल्कबस्टर फिल्म ‘नाई नभन्नु ल–२’ को तेस्रो सिक्वेल निर्माण सुरु भएको छ । टाईटललाई मात्र सिक्वेल भनिएको फिल्मको सुटिङ सुन्धारास्थित  भद्रकाली मन्दिरबाट शुभारम्भ  गरिएको हो । फिल्ममा ‘नाई नभन्नु ल–२’ कै  कलाकार अनुभव रेग्मी केन्दिय भूमिकामा रहने बताइएको छ ।
फिल्ममा संयम पूरीसहित आश्मा डिसी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइँटेल र आर्यन सिग्देलजस्ता कलाकारलाई पनि देख्न पाइने छ । तर, यसपटक फिल्मको निर्देशन भने आफ्ना मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई दिएका छन् निर्देशक विकास आचार्यले । ‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल–२’ को सफलतापछि तेस्रो सिक्वेल बनाउन लागिएको फिल्मबाट मुस्कानले निर्देशनमा डेब्यू गर्न पाएको खुसी जनाएका छन् ।

Comments