ब्याङ ब्याङको कमाई : पाँच दिनमा २ सय करोड !
screennepal
प्रकाशित: २०७१, २२ आश्विन बुधबार
no img

bang_bang_650_100814122015

मुम्बई । फिल्म ‘ब्याङ ब्याङ’ लाई समिक्षकले खाशै राम्रो भनेनन् तर, कमाईका मामलामा बलिउड बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । ऋतिक रोशन र कट्रिना कैफ स्टार कास्ट रहेको यस फिल्मले बक्स अफिसमा रिलिज भएको पाँचौ दिनमा २०१ दशमलव ४१ करोड रुपैयाँ कमाएको छ । समाचारमा जनाइएअनुसार ‘ब्याङ ब्याङ’ ले भारतमा मात्र १५६ दशमलव ४१ करोड कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा यस फिल्मले ४५ दशमलव १० करोड रुपैयाँ कमाइ गरेको छ ।
सिद्धार्थ आनन्दको निर्देशन र फक्स स्टार स्टुडियोको प्रोडक्शनमा निर्माण भएको यो फिल्मको बजारलmे अझै उचाई लिइरहेको बताइन्छ । १४० करोड बजेटमा निर्माण भएको ‘ब्याङ ब्याङ’ २ अक्टुबरबा रिलिज भएको हो ।

Comments