मिलनको ‘मधुर मिलन’
screennepal
प्रकाशित: २०७१, ५ आश्विन आईतवार
no img

काठमाडौं । पछिल्लो समय नेपाली गायनमा चर्चा बटुल्दै आएकी गायिका मिलन नेवार अमात्यले आफ्नो दोस्रो एल्बम ‘धुर मिलन’ श्रोतामाझ ल्याएकी छन् । एल्बमको राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वसेनापति रुक्मांगद कटवाल र संगीतकार शम्भुजीत बास्कोटा, शान्तिराम राईलगायतले सार्वजनिक गरेका थिए ।

milan

मिलनको नविनतम सो एल्बममा राजुबाबु श्रेष्ठको एकल शब्दरचना छ । एल्बममा सुनिल मास्केको संगीत र सचिन सिंहको संयोजन छ । ‘मधुर मिलन’ लाई भाइभ्स क्रिएशनले बजारमा ल्याएको हो । एल्बममा जम्मा पाँच गीत छन् ।
परदेशी किन लायौ माया, सोचेजस्तो भए जीवन, चाहे गाली गर प्रिय र हजारौको भीडमा जस्ता गीत संगृहीत एल्बमका दुईवटा गीतको म्युजिक भिडियो समेत बनाइएको छ । एल्बमबारे मिलन मिलन भनिन्, ‘मधुर मिलन सुगम संगीत रुचाउनेको लागि सेन्टिमेन्ट र अहिलेको युवा जमातको लागि हल्का पपशैलीका गीतको समावेश गरेकी छु ।’ नेपाली गीतसंगीतको क्षेत्रमा सन् २०११ मा पहिलो ‘मिलन’ मार्फत उदाएकी मिलनले भारतमा रहँदा ‘कान्छी’ नामक पहिलो नेपाली एल्बम निकालेकी थिइन् । । उनका राजस्थानी, भोजपुरीलगायत विभिन्न भाषाका एल्बम प्रकाशित छन् ।

Comments