यस्ता एमएमएस आए, जसले बलिउडको होसै उडाए !
screennepal
प्रकाशित: २०७१, २९ भाद्र आईतवार
no img
काठमाडौं । नेपाली मोवाइलमा कतिले चलाउँछन् एमएमएस ? मोवाइल पनि फेसबुककै लागि बोक्नेहरु कम छैनन् । अझ सेलिव्रिटीहरुको त कामै पोष्ट गर्नेमात्र भएजस्तो, खाएको पनि पोष्ट हुन्छ, हिँडेको पनि, नाचेको पनि, गीत गाएको, प्रेमि सार्वजनिक गरेको, कुकुर बोकेको, विरालो छाडेको यस्ता यस्ता आउँछन् ।

कलिउडको फेसबुक कथाभन्दा अघि बलिउडमा होस उडाउनेगरी आएका एमएमएसका कुरा गरौं । कुनै समय चलेकी नायिका प्रिती जिन्टाले बाथरुममा नुहाउँदै गरेको फोटो एमएमएस भाइरल भएरै वग्यो । बलिउडमा खुबै चर्चा भयो । अहिले डिभोर्स कान्ड, के के कान्डमा मुछिएकी प्रितीको कुरा यस्तो थियो । बलिउड अभिनेता सैफ अलि खानकी बहिनी, करिना कपुरकी नन्द सोहा अलि खानको पनि कहाँ कम थियो र ? वाक्समा चेन्जिङ गरिरहेको फोटो पनि उत्तिकै एमएमएस भएर वग्यो ।

अलि लो बजेटका फिल्ममा देखिने अस्मि पटेलको टङ किसले खुबै चर्चा पायो । यतिधेरै मोवाइलहरुमा उनको यो तस्बिर भाइरल भएर सेयर भयो की त्यसको चर्चा गरेर साध्य नहुने भयो । शर्लिन चोपडाको के कुरा गर्नु ? जसले कामसुत्र थ्रीडीमै खेलेपछि उनको एमएमएसको अर्थ त रहेन । तर, उनले कपडा फेरेको फोटो भने एमएमएस भाइरल नै भयो । मोना सिंहको तस्बिरले इन्टरनेटमा निक्कै चर्चा पायो । धेरै सेयर भयो । कसरी यस्तो भयो भन्ने विषयमा उनी जानकार थिइनन्, तस्बिर लिक गराउने खोज्नका लागि उनले मुम्वई पुलीसमा उजुरी पनि गरेकी थिइन् ।
चल्तीफिर्ती हिरोइन करिना कपुर र साहिद खानको प्रेमको हल्ला जति फैलियो त्यो भन्दा पनि बढि उनको टंग किसको फोटो फैलियो । बलिउडमा यस्ता घटना कम भएका होइनन् ।
बलिउडप्रति प्रगाढ नजर लगाउने कलिउडका स्टारहरुको यस्ता एमएमएस बाहिर आएकाले होस उडायो । कलिउडमा एमएमएस त भाइरल भएर आइसकेका छैनन् । केही समय अघि केही नायिकाहरुका भिडियोले विश्वव्यापी नै लिएपनि अहिले सार्वजनिक कार्यक्रममा भित्रि बस्त्र नलगाएको, देखिएको चर्चा भाइरलका रुपमा अघि बढेका छन् । ति विवादास्पद कुराहरुमाथि पनि हिरोइनहरुले टिप्पणी गरिरहेका छन् । पछिल्लो पटक विवादमा आएको भनिएकोचाँही ज्योती मगरको अन्तवार्तासम्बन्धि कुरा हो । उनले खुलेरै लेख लेखेको चर्चा इन्टरनेटमा पनि छायो । उनले लेखेकी रहिछन्– मेरो स्तनको मुलय कति हो ?

यी र यस्ता गसिपहरु जतिसुकै आएपनि इन्टरनेट पुस्तामा सामान्य र नराम्रा राम्रा र अनेक प्रकारका भिडियो, फोटो र समाचार व्यापक रुपमा सेयर हुन थालेका छन् । संयमित पाराले इन्टरनेट पुस्ता चल्न सकेको स्थितिचाँही छैन ।

http://passionbinod.blogspot.com
तस्बिर र जानकारी स्रोत, एजेन्सीहरुको सहयोगमा ।

Comments