पहिलो फिल्मबाट निकालिएका थिए राजेश हमाल
screennepal
प्रकाशित: २०७१, २८ भाद्र शनिबार
no img

hamal

काठमाडौं । ‘मेरो आमाबाबु मलाई डाक्टर वा इन्जिनियर बनेको हेर्न चाहन्थे’ अभिनेता राजेश हमालले आफ्नो बाल्यकाल सम्झिँदै भने, ‘तर, फिल्मको हिरो भएँ ।’ भारती दूतावास र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनद्वारा सुन्धारास्थित नेपाल भारत पुस्तकालयमा आयोजित ‘भ्वाइस’को १७औं संस्करणमा उपस्थित भएका अभिनेता हमालले भने, ‘एक्लो सन्तान भएकाले उहाँहरु मलाई डाक्टर वा इन्जिनियर बनाउन चाहनुहन्थ्यो ।’

rajesh

अभयकुमारसँग राजशे हमाल

नेपाली चलचित्रका चर्चित अभिनेता हमालले यसो भनिरहँदा दूतावासका सांस्कृतिक तथा सुचना प्रमुख अभयकुमार टल्ल हे¥याहे¥यै भए । हमालले थपे, ‘मेरो बाबु सरकारी नोकरी गर्नुहुन्थ्यो, त्यसैले बाल्यकालमै बाबुसँग देशविदेश यात्रा गर्ने अवसर पनि पाएको थिएँ ।’ भारतबाट स्नातक गरेका अभिनेता हमालले भारतमै एक फेशन पत्रिकामा मोडलिङ गरेर ग्ल्यामरस क्षेत्रमा करिअर सुरु गरेका हुन् । उनले बाबुको सरुवासँगै मस्को पुगेको र त्यतिखेरै कलाप्रति आफ्नो झुकाव बढ्दै गएको बताउदै गर्दा अभिनेता हमाल भावक देखिएका थिए । ‘मेरो कला, संस्कृतिप्रति दिनदिनै झुकाव बढ्दैथियो’ उनले भने, ‘तर यो कुरा मेरो बाबुलाई मन पर्दैनथ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘छोरा तिमी डाक्टर, पाइलट वा इन्जिनियर बन्नुपर्छ ।’

आफ्नो बाल्यकाल तथा करिअरको सुरुवाती दिन सम्झिँदै हमालले भने, ‘मलाई पहिलोपटक चलचित्र ‘चालक दल’ मा काम गर्ने प्रस्ताव आउँदा खुसीले फुरुंग भएको थिएँ । तर, मलाई सुटिङ सुरु भएको १० दिनमै चलचित्रबाट निकाले । त्यो मेरा लागि ठूलो धक्का थियो । त्यतिखेर मेरो बुबाको जीत भएको महसुश भएको थियो ।’ सन् १९८८ मा चलचित्र ‘युगदेखि युगसम्म’ मार्फत व्यावसायिक फिल्मी करिअर सुरु गरेका हमालले ती दिन पनि सम्झिए । ‘युगदेखि युगसम्म फिल्म हलमा आइपुग्नु तीन वर्ष लागेको थियो’ उनले भने, ‘पहिलो फिल्म हलमा आउनुअघि नै मेरो तेस्रो फिल्म आइसकेको थियो । तर, जब यसगदेखि युगसम्म हलमा लाग्यो, त्यसपछि मेरो भाग्य नै रुपान्तरण भयो ।’ त्यसपछि वर्षमा २२ वटासम्म फिल्म खेलेको हमालले बताए । करिअर संर्घषको कुरा गर्दै हमालले भने, ‘त्यो समयमा आफ्नो करिअरका लागि कुनै कसरत गर्न बाँकी राखिनँ । मेरो सफलतामा एक नातेदारको पनि हात छ । जतिखेर म सौखले कलाप्रति संघर्षरत थिएँ, त्यो समयमा उहाँले मलाई अवसर दिनुभएको थियो ।’ आफ्नो विगतलाई स्मरण गर्दै आफूलाई ‘भाग्यशाली’ भएको हमालले बताएका थिए । उनले भने, ‘वास्तवमै म भाग्यशाली हुँ । जीवनमा संघषृ गरेअनुसार सफलता पाएको छु ।’

Comments