सेक्स -याकेड हो त फिल्मी दुनियाँ ?
screennepal
प्रकाशित: २०७१, २४ भाद्र मंगलवार
no img
बलिउडदेखि कलिउडसम्मका हिरोइनहरु फाइभस्टारमा भेटिन्छन् त ?
रंगेहात पक्राउ परेकी भारतीय अभिनेत्री बसु
-विनोद ढकाल
काठमाडौं । चमक दमक र नामको फ्रेम हुने फिल्मीनगरीभित्रका अनेक कथा छन् । नामको फ्रेम एकातिर र सेलिव्रिटीको चर्चा अर्कातिर बटुलिने यो नगरीमा हिरोइनहरुको सौदाबाजी कसरी हुन्छ ? कसरी सेक्स ¥याकेडका रुपमा परिमार्जित हुँदैन, फिल्मी नगरी ? यो दुनियाँमा टिक्नका लागि हिरोइनहरु जिस्मफरोसीमा पनि रहनुपर्दछ । तर, किन ? किन यसो गरिरहनुपर्छ ? किन यस दुनियाँभित्र सेक्स ¥याकेडको चंगुलमा फँस्नुपर्छ ? कि कसैले धकेलेर पु¥याउँछ ? या हिरोइनहरुको असली आम्दानीको स्रोत नै उच्च घरानीया वेश्या बन्नु हो ? यो दुनियाँमा एउटा सत्य त छँदै छ, जवसम्म देखिदैनौ, तबसम्म विक्दैनौ । कथाले कति माग्छ ? अनि, मान्छेले कति माग्छ ? भागवन्डामा दुवैले मागेको जबसम्म दिदैनौ तबसम्म विक्दैनौ ।
फिल्मी दुनियाँको यो सत्यबाट बलिउड र कलिउड दुवै पहिचानहिन छैन । ओपन सेक्रेट रुपमा चलिरहेको यो धन्दाको उजागर भारतीय अभिनेत्रीलाई रंगेहात प्रहरीले पक्राउ गरेपछि भयो ।
‘केही मान्छेका नाम उनीहरुका कामले हुन्छन्, 
मेरो वदनाम भएर नाम भयो ।’
द डर्टी पिक्चरमा सिल्कको भुमिकामा अभिनय गर्ने क्रममा विद्या वालनको यो डाइलग निक्कै चर्चामा आयो । त्यो फिल्मले फिल्मी दुनियाँको ८० को दशककको यथार्थलाई पस्किएको थियो । फिल्म हिट भयो ।
तर, आजभोली बलिउड निक्कै माथि उठिसकेको छ । बलिउडका कलाकार कम छैनन् । एक से एक हिरोइनहरुको दाम हिरोहरुसँग तुलनात्मक रुपमा राख्न थालिएको थियो । तर, फेरिपनि फिल्मी दुनियाँ सेक्स ¥याकेडका रुपमा रहेको भारतीय टेलिभिजन च्यानलहरुले बताउन थालेका छन् । फाइभस्टार होटलमा अभिनेत्री स्वेता बसु रंगेहात पक्राउ परेपछि बलिउड हल्लिएको छ, यसरी नै थर्कमान भएको छ, कलिउड अर्थात् नेपाली फिल्म इन्डस्ट्रिज पनि ।
गाउँबाट सहरी छिरेकी युवती नाम र दामका लागि फिल्मी दुनियाँमा प्रवेश गर्छे । आफु चम्किनका लागि उसले विभिन्न किसिमका हत्कन्डाहरु अपनाउन पछि पर्दिन । यो ओपन सेक्रेट कथालाई प्रमाणका आधारमा मात्र लेख्न सकिने भएकाले पनि यी सरल कथाका रुपमा मौखिक प्रचारको पाटो भएको थियो । प्रेम सम्बन्धको कथा एकातिर आइरहेपनि ‘सेक्स ¥याकेड’को दुनियाँमा पनि हिरोइनहरुको नाम जोडिन थालेका छन्, श्वेता बसु जसरी नै ।
बलिडढ अभिनेत्री राखी सावन्त भन्छिन्,‘हिरोइनहरु आफैं पनि काम लिन र काम पाउनका लागि कर्ल गर्लका रुपमा काम गर्छन् । आर्थिक स्थिति सुधार्नका लागि पनि फिल्मी क्षेत्रका केटीहरु यसरी सेक्सको व्यापारमा लागी परेका छन् ।’
साउथ इन्डियन र बलिउडमा यस्ता कुराहरु चलिरहेको हिरोइनहरु नै स्वीकार गर्छन् । कम काम पाउने हिरोइनहरु छोटो बाटोबाट पैसा कमाउनका लागि यस्तो काममा लागि पर्ने उनीहरु स्वीकार गर्छन् । स्वेताकै सहकर्मीका रुपमा रहेकी गहना वरिष्ठ नामकी हिरोइन भन्छिन्,‘यस्ता कुराहरु सुन्न पाइन्छन् । र, बलिउडमा निक्कै हुने गरेको पनि सुनेकी छु । कामबाट फुर्सद मिलेका बेला छोटो समयमा धेरै पैसा कमाउने चाहनाले केटीहरुले सेक्स¥याकेडमा छिरेका घटना छन् पनि । तर, किन यसो गर्छन् ? यहि म पनि सोधीरहेकी छु ।’
बलिउडमा हिरोइ नबनेकाहरु त नौ बजेपछि राती नेताहरुसँग हुने बताउँछिन्, राखी सावन्त । उनले त चुनौति पनि दिएकी छन्, मिडिया किन नेताहरुलाई पक्राउ गर्दैनन् ? किन सोध्दैनन् ? जे भएपनि बलिउड फिल्म इन्डस्ट्रिज कर्ल गर्ल उत्पादन गर्ने थलोका रुपमा चिनिन थालेको छ । हर दिन सात सय मानिस कलाकार बन्ने धोको लिएर छिर्ने मुम्बइले मौका नपाउने गरिब र खर्च टार्नुपर्ने बाध्यता बनेकाहरुलाई सेक्स बजारमा धकेलिरहेको मात्र छैन, वार्षिक ४ सय फिल्म बन्ने र २५० पनि रिलिज नहुने कारणले पनि पर्दा अगाडी आउन नसक्नेहरु, पर्दा पछाडीको दुनियाँको सेक्स ¥याकेडमा पुगेका छन् । र त त्यहाँ सुरु हुन्छ दलालहरुको रात्री बजार ।
 
के छ कलिउडको हाल ? 
बलिउडको कथा एकातिर छ, कलिउडको कथा पनि कम छैन । खासगरी काठमान्डुमा पनि फैलिएका दलालहरुले हिरोइन र मोडल मिलाउने नाममा हाका हाकी सडकमा दलाली गरिरहेका छन् । ठमेलको रातमा दलालहरुको प्रस्ताव नै २५ हजारदेखि सुरु हुन्छ, नामअनुसार ५० हजारसम्मको दलाली गरिरहेका हुन्छन् । या यी दलालहरुले हिरोइनको नाममा वदनामीको बजार विछ्याइरहेका छन् ?
‘केही कलाकारहरु आउने गरेका छन् । मोटो रकममा उनीहरुले रात विताउने गरेको कुरा सत्य हो । केही चलेका र नामीहरुको चर्चा पनि यो बजारतिर कम छैन ।’, ठमेलका रात्री बजारका एक ट्याक्सि चालक भन्छन्,‘यहि ट्याक्सिमा पनि मैले मोलतोल गरेका व्यापारीहरु धेरै ओसारेको छु ।’
काठमाडौंको रात, इलाइट रातको कथा पनि बलिउडको सेक्स -याकेडको भन्दा कम छैन । यहाँपनि फिल्मीनगरीको चमकधमकसँगै पैसाको खेलमा सेक्स ¥याकेडमा छिरेका कम छैनन् । कतिपय त्यस्ता ठाउँबाट फिल्मीनगरीमा पनि छिरेका छन् । होटल रेस्टुरेन्टबाट सुरु हुने कलाकारीताले पर्दासम्म र पर्दाको कलाकारीता होटलसम्म पुगेका कयन सत्यहरु पनि उत्तिकै छन् ।
ठमेलतिर आउने अभिनेत्री, कलाकारहरु न आफ्नो गाडीमा आउँछन् न व्यापारी पहिचान खुल्ने गाडीमा आउँछन् । यहाँ रहेका ठूला होटलहरुमा यस्ता कर्मकाण्डहरु प्राय भइरहेका हुन्छन् । दरबारमार्ग र आसपास रहेका फाइभस्टार होटलहरुमा पनि ‘सेलिव्रिटीका रात’ गुज्रेका कयन भेटिएको बताउँछन्, स्टाफहरु । धेरैजसो हिरोइनहरु भारतीय व्यापारीहरुको नजरमा परेका छन् । मौसमअनुसार आउने ति व्यापारीहरुले मोटो रकममा कलाकार खरिद गरी रात विताउने गरेको पनि सुनिन्छ । नेपाली व्यापारीभन्दा पर्यटकीय रुपमा आएका व्यापारीहरुको चलखेल ज्यादा हुने गरेको पनि सुनिन्छ । यद्यपि, अहिलेसम्म रंगेहात नै पक्राउ कोही नपरेका कारणले पनि कलिउडबजार त्यति बदनाम भइसकेको छैन । यद्यपि, फिल्मीदुनियाँको जिस्मफरोसीको संस्कारले गाँजिसकेको नेपाली फिल्म इन्डस्ट्रिलाई जोगाउन पनि कठिन भइसकेको छ ।
-एजेन्सीको सहयोगमा
Comments