ब्रविमको भिडियो रिलिज (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २३ भाद्र सोमबार
no img
bbbb

गायक ब्रविम शेर्मा लिम्बू

काठमाडौं । गायक ब्रविम शेर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि लिम्बू भाषा गायनमा सक्रिय रहेर गायकी प्रतिष्ठा कमाएका ब्रविमको पहिलो नेपाली भाषाको आधुनिक गीति एल्बम ‘ब्रविमको सेवारो’ भित्रको ‘तिमी मन पराउनु एउटा कुरा, पाउनु नपाउनु अर्को कुरा’ गीतलाई म्युजिक भिडियोका रुपमा ल्याएका हुन् ।
आलोक नेम्बाङले निर्देशन गरेको यस म्युजिक भिडियोलाई विभिन्न टेलिभिजन तथा यु–ट्युब र अनलाइन मिडियाहरुबाट एकैसाथ सार्वजनिक गरेको ब्रविमले बताए । उनी यस भिडियोबाट आशावादी पनि छन् । लिम्बू भाषाको गायन क्षेत्रमा सुपर स्टार मानिने ब्रविमले भने, ‘यो मेरो पहिलो नेपाली आधुनिक एल्बम हो, जसबाट सुगमसंगीतमा नाम लेखाउन सक्ने अपेक्षा गरेको छु ।’
एल्बम ‘ब्रविमको सेवारो’ मा जम्मा चार वटा गीत छन्, जसमा उनकै संगीत रहेको छ । उनले अन्य गीतको पनि क्रमशः म्युजिक भिडियो निर्माण गर्दै जाने सोच बनाएका छन् । ‘एल्बम प्रमोसनका लागि सुरुमा एउटा म्युजिक भिडियो बनाएको हुँ’ उनले भने, ‘यो गीत श्रोता÷दर्शकले मनपराई दिए अर्को गीतको पनि भिडियो बनाउने सोच छ ।’

http://www.youtube.com/watch?v=2ajEzL34RqY

Comments