रंगेहात पक्राउ परेपछि श्वेतालाई लाभैलाभ ! (हट फोटोसहित)
screennepal
प्रकाशित: २०७१, २३ भाद्र सोमबार
no img

????????????????????????????????????????

मुम्बई । बेश्याबृत्ति आरोपमा पक्राउ परेकी अभिनेत्री श्वेता बसु प्रसादलाई फाइदा भएको छ । केही दिनअघि श्वेतालाई हैदराबादको बन्जरा हिल्स क्षेत्रको एक होटलबाट रंगेहात प्रहरीले पक्राउ गरेको थियो । तर, त्यो गिरफ्तारी श्वेताका लागि फलिफाप भएको छ । समाचारमा जनाइएअनुसार पक्राउ परेयता श्वेतालाई फिल्ममा अफरको ओइरो लाग्न थालेको छ ।
भारतीय एक अनलाइन पोर्टलका अनुसार श्वेतालाई ‘सहिद’ र ‘सिटी लाइट्स’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका र नेशनल अवार्डसमेत हासिल गरिसकेका निर्देशक हंसल मेहताले आफ्नो फिल्ममा प्रस्ताव गरेका छन् । पक्राउ पर्नुअघि ओझेलमा रहेको र जब उनी रंगे हात पक्राउन परिन्, त्यसपछि चर्चामा आएपछि निर्माता÷निर्देशकको आँखामा पर्न थालेकी हुन् ।

shweta 1

गम्भीर कथामा फिल्म बनाउने माहिर मानिएका हंसल मेहताले भनेका छन्, श्वेताले के गरिन् त्यो ठूलो कुरा होइन । तर, उसले भनेजस्तै जिविकोपार्जन गर्न दिनु हाम्रो कर्तब्य हो । ’ श्वेताले पक्राउ पर्दा जिविका चलाउन त्यस्तो धन्दा गरेको प्रहरीलाई बताएकी थिइन् । साथै, उनले आफू मात्र नभई धेरै अभिनेत्री बेश्याबृत्तिमा संलग्न रहेको समेत बताएकी थिइन् । ‘मकडी’ र ‘इकबाल’ जस्ता तमिल फिल्ममा शानदार अभिनयका कारण चम्किएपछि श्वेताले टेलिभिजन सिरियल ‘कहानी घरघरकी’ मा पुगेकी थिन् । प्रहरीले भने श्वेतामाथि अनुसन्धान जारी राखेको छ भने छानविनमा श्वेताले एक जना ग्राहकसँग रात बिताएको एक लाख रुपैयाँसम्म लिने गरेको स्वीकार गरेकी छन् ।
(एजेन्सीबाट)

Comments