अञ्जु पन्तले गाउन मानिनन् ‘भगवान’को गीत
screennepal
प्रकाशित: २०७१, १८ भाद्र बुधबार
no img

काठमाडौं । गायिका अञ्जु पन्तले भगवान् (हिन्दु धर्मालम्बीका देवीदेवता)का गीत गाउन अस्वीकार गरेकी छिन् । दशैंको पूर्वसन्ध्यामा ‘देवीले रक्षा गरुन्’ भन्ने आशयको दशैँको शुभकामना गीत गाउन उनले अस्वीकार गरेकी हुन् ।

anju

अञ्जु पन्त

 

sahdev

सहदेव कोइराला

 

सहदेव कोइरालाको रचनामा अञ्जुको स्वरमा रेकर्ड हुन लागेका उक्त गीतका शब्द हेरेपछि अञ्जु बुधवार स्टुडियोबाट गीत नगाइ फर्केकी छिन् । स्क्रिन नेपालसँग कुरा गर्दै सहदेवले माथिको घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘मैले शुभकामना गीत भनेर गाउन बोलाएको थिएँ, उहाँले ‘भगवान जोडिएको गीत नगाउने’ भनेर फर्किनुभयो ।’
केही वर्षदेखि अञ्जु क्रिस्चियन धर्मावलम्बी बनेकी छिन् ।

Comments