कलाकार संघले गर्‍यो बर्गीकरण नस्वीकार्ने निर्णय
screennepal
प्रकाशित: २०७१, १७ भाद्र मंगलवार
no img
nawal

अध्यक्ष नवल खड्का

काठमाडौं । नेपाल सरकारले नेपाली कलाकर्मीको बर्गीकण गरी परिचय पत्र प्रदान गर्ने कुरालाई नेपाल चलचित्र कलाकार संघले नस्वीकार्ने निर्णय गरेको छ । मंगलवार बसेको कार्यसमिति र सल्लाहकार समितिको बैठकले कलाकारलाई गरिने तहगत बर्गीकरण मान्य नहुने निष्कर्ष निकालेको हो । संघका अध्यक्ष नवल खड्काले भने, ‘अहिले गरिने भनिएको तहगत बर्गीकरण पूर्ण रुपमा अस्वीकार गर्ने र भविष्यमा यसले तोक्ने मापदण्डका आधारमा प्रतिक्रिया दिने निर्णय गरेका छौं ।’
नेपाल सरकारले नेपाली कलाकर्मीहरुको वगिर्करण गरी परिचयपत्र प्रदान गर्ने तयारी गरिरहेको छ । यसका लागी संचारमन्त्रालयका सह–सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदलको गठन भएको छ । गठित कार्यदलको सदस्यहरुमा राजेन्द्र सलभ, भरत शाक्य र अभिनेत्री करिश्मा मानन्धर सदस्य रहने बताइए पनि आधिकारिक पत्र बुझिसकेका छैनन् ।

विशेÈगरी फिल्म क्षेत्रमा लागेका कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाको बायोडाटा संकलन गर्ने काम कार्यदलले गर्ने बताइएको थियो । सबै कलाकर्मीको  विवरण प्राप्त भएर ग्रेड छुट्टयाएपछि सरकारले पुस्तक पनि सार्वजनिक गर्ने बताइएको छ । पुस्तकममा सबै कलाकर्मीको विवरण संकलन गरिने छ । ‘क’ बर्गमा पर्नेलाई विशिष्ट र ‘ख’ बर्गमा पर्नेलाई साधारण श्रेणीमा राखिने प्रारम्भिक सोच बाहिरिएको थियो । सरकारले वितरण गर्ने कार्डमा सञ्चारमन्त्रीको हस्ताक्षर रहनेछ । एयरपोर्टदेखि विदेश पुग्दा कलाकार र आम नागरिकलाई एउटै व्यवहार भएपछि विभिन्न खालका गुनासोहरु आइरहेका थिए । यसैले सरकारले कलाकर्मीलाई सुरक्षदेखि विभिन्न सुरक्ष  दिन यो निर्णय गर्न लागेको बताइएको थियो ।

Comments