देवको तेस्रो ‘रुपमति’ आउँदै
screennepal
प्रकाशित: २०७१, ६ भाद्र शुक्रबार
no img

dev

काठमाडौं । गायक देवराज आलेमगरले चाँडै ‘रुपमति’ ल्याउँदैछन् । ०६३ सालमा ‘तिम्रो माया’ नामक एल्बममार्फत नेपाली सांगीतिक क्षेत्रमा करिअर सुरु गरेका देवको ‘रुपमति’ तेस्रो एल्बम हो, जसमा लागि उनी अहिले खटेरै लागेका छन् । ‘असोज पहिलो साता रुपमति रिलिज गर्ने मनशाय बनाएको छु’ देवले भने, ‘अधिकांश एल्बमका गीत रेकर्डिङ भइसको छ ।’
देवको पहिलो एल्बम ‘तिम्रो माया’ का केही गीत श्रोतामाझ लोकप्रिय बनेका थिए, तिमध्ये ‘म्हेन्दो माया’ र ‘जीन्दगीको दोबाटोमा’ बोलको गीत श्रोताले अत्यधिक रुचाएको देवले बताए । ०६० सालमा धादिङ आगिञ्चोकबाट राजधानी छिरेर संगीतमा लागेका देवलाई ‘तिम्रो माया’ एल्बमले नै गायकका रुपमा चिनाएको हो । त्यसपछि उनले ०६८ मा ‘यादहरु’ नामक एल्बम ल्याए । जुन एल्बमको ‘तिम्रो बिहे हुँदैछ रे’ बोलको गीत श्रोताले मन पराएको देवले सुनाए ।
हिजोहाज ‘रुपमति’ को तयारीमा रहेका देवले भने, ‘यसपटक अझ मिहिनेत गरेर एल्बम ल्याउँदैछु । त्यसैले श्रोताले रुचाइदिनेछन् भन्ने अपेक्षा गरेको छु ।’ एल्बममा बाँच्दैछु यहाँ, लाउकी मोहनी, माया गर्छु जस्ता गीत रहने उनले बताए ।

Comments