दोस्रो बिहे गरेर आमा बन्ने मनिषाको इच्छा !
screennepal
प्रकाशित: २०७१, ४ भाद्र बुधबार
no img

काठमाडौं । युवा उद्यमी सम्राट दाहालसँग बिहे गरेको केही समय नबित्दै बलिउड अभिनेत्री मनिषा कोइरालाको सम्बन्ध बिग्रेको खबर सार्वजनिक भएको थियो । तर, मनिषाले आफ्नो प्रतिष्ठामा आँच पुग्ने डरले पति सम्राटसँगको तितोसम्बन्ध लुकाउँदै आएकी थिइन् । अन्ततः अहिले आएर मनिषाले दोस्रो बिहेको संकेत दिएकी छन् । भारतीय मिडियासँग कुरा गर्दै कुनै समयकी बलिउडकी चर्चित अभिनेत्री मनिषाले दोस्रो बिहेको संकेत दिएकी हुन् । पति सम्राटलाई पन्छ्याउँदै मनिषाले इन्डिया टुडेसँग भनेकी छन्, ‘कुनै दिन लायकको जीवनसाथी भेएिला नि ।’ स्मरणीय कुरा के भने बिहे गरेको एक वर्ष नबित्दै मनिषा र सम्राट अलग–अलग बस्दै आएका छन् ।

Manisha Koirala, Samrat Dahalपति सम्राट दाहालसँग मनिषा
भारतीय पत्रिका ‘इन्डिया टुडे’ का अुनसार मनिषाले सिमान्धरा विश्वविद्यालयमा प्रवचन दिनेक्रममा दोस्रो बिहे गर्ने संकेत दिएकी हुन् । मनिषाले केही समय यता क्यान्सरविरुद्ध चेतना जगाउन प्रवचन दिँदै आएकी छन् । एक वर्षअघि मात्र पाठेघर क्यान्सरबाट तरंगिएकी मनिषाले बिहे गरेर आमा बन्ने इच्छासमेत व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘मातृत्व सुख लिने इच्छा कसको नहोला र ?’ यसरी दोस्रो बिहे गर्ने र आमा बन्ने इच्छा व्यक्त गरे पनि सम्राट कहाँ र के गर्दैछन् भन्ने उनी बेखबर छिन् ।

Comments