थाइल्यान्डको सुन्दरतामा यसरी भयो ‘स्टुपिड मन’ (भिडियो सहित)
screennepal
प्रकाशित: २०७१, १ भाद्र आईतवार
no img

काठमाडौं । फिल्म ‘स्टुपिड मन’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि फिल्मका तीनटा गीत सार्वजनिक भएको थियो । प्रेमकथामा आधारित फिल्ममा दुई जोडी प्रेमी देखाइएको छ । फिल्मको सम्पूर्ण दृश्यको छायांकन थाइल्यान्डमा गरिएको छ । त्यहाँका सुन्दर दृश्यमा अभिनेता जीवन लुइँटेल, नीरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठका प्रेम अभिनय खिचिएका छन् ।
दिवाकर भट्टराईले निर्देशन गरेको फिल्मका निर्माता नीरज बराल हुन् । फिल्मको पटकथा पत्रकार सामीप्य तिमिल्सेनाले लेखेका छन् । फिल्मको रिलिज मिति भदौ २० गते तोकिएको छ ।

Comments