चाणक्य नीति भन्छ– सद्गुणी व्यक्ति त्यो हो, जसले कागले झैँ कसैले नदेख्नेगरी संसर्ग गर्छ । सेलिब्रिटीको हकमा यो नियम अझ लागू हुन्छ, किनकि उनीहरूलाई सार्वजनिक स्थलमा मिडिया र पापाराजीले पछ्याइरहेका हुन्छन् । तर, खाने मुखलाई कहाँ छेक्दो रहेछ र ?
भर्खरै नेपालकै एक सञ्चारकर्मी जोडीले कारमैं ‘कर्मकाण्ड’ गरेको समाचारले सामाजिक सञ्जाल तताएको छ । यो नेपालमा मात्रै घटेको नौलो घटना होइन ।
हलिउड सेलिब्रिटीहरूले सार्वजनिक ठाउँमै चुम्बाचाटीदेखि रासलीलासम्म गर्न भ्याएका छन् ।
हलिउड अभिनेता ब्राड पिटसँग प्रेममा पर्नुअघि अभिनेत्री एन्जेलिना जोली अभिनेता तथा निर्देशक बिली बब थर्नटनकी पत्नी थिइन् । उमेरले २० वर्ष कान्छी भए पनि एन्जेलिनालाई बबले जवान पतिको कमी महसुस हुन दिएका थिएनन् । उनीहरूबीच आक्रामक सेक्स हुने गथ्र्यो । गुडिरहेको कारमा समेत उनीहरूले सेक्स गरेको सार्वजनिक भएको थियो । एक दिन उनीहरू एउटा टेलिभिजन च्यानलमा अन्तरवार्ता दिन गएका थिए । अन्तरवार्ताकै क्रममा बबले भने, ‘दर्शकहरूलाई के ढाँट्नु, यहाँ आउँदा बाटोमा हामीले कारभित्रै भव्य सेक्स ग¥यौँ ।’ कुनै समय आफू बाइसेक्सुअल थिएँ भन्ने खुला स्वीकार गर्ने एन्जेलिनालाई बबको यस्तो स्वीकारोक्तिले रत्तिभर पनि अप्ठेरो महसुस गराएको थिएन ।
अमेरिकी अभिनेता तथा ¥यापर विल स्मिथ र अभिनेत्री जाडा पिन्केटले पनि गुडिरहेको कारभित्रै दैहिक आनन्द लिएका थिए । यसवर्षको एकेडेमी अवार्ड समारोहमा सहभागी हुन जाँदा आफूहरूले कारभित्रै लिप्त भएर चुम्बन गरेको जाडा स्वयंले खुलासा गरेकी थिइन् । एउटा अन्तरवार्तामा उनले चुम्बन गर्दाको क्षण सम्झिँदै भनिन्, ‘हामी कारमा एकेडेमी अवार्ड हुने स्थलतिर गइरहेका थियौँ । बाटोमा विल मतिर हेर्न थाले । उनको एकोहोरो हेराइले मभित्र यति मादकता जगायो कि आफूलाई सम्हाल्नै सकिनँ र उनको शरीरमा फाल हालेँ । हामीले पूरै लिप्त भएर चुम्बन ग¥यौं । कार्यक्रमस्थल पुगेपछि पो थाहा पाएँ, चुम्बनका कारण मेरो अनुहारको सबै मेकअप मेटिसकेको रहेछ ।’
सार्वजनिक ठाउँमा दैहिक सुख लिने सवालमा अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता तथा मोडल कर्टनी कार्दशियन पनि कम छैनन् । पार्टनर स्कट डिसिकसँग जिमखानामा सेक्स गरेको उनी स्वयंले बताएकी छिन् । आफ्नो रियालिटी टेलिभिजन शोमा उनले जिमखानामा सेक्स गरेको स्विकारेकी हुन् । यद्यपि, कुन जिमखानामा कहिले सेक्स गरियो भन्ने चाहिँ उनले खुलाइनन् ।
अस्ट्रेलियाली अभिनेता लियाम हेम्सवर्थ र अमेरिकी पपगायिका माइली साइरसले त अझ भव्य पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमै सेक्स गरेका थिए । भ्यानिटी फेयर ओस्कार पार्टी आयोजना भइरहेको बेला कुनै बेलाको यो जोडीले टेबुलमुन्तिर सेक्स गरेको थियो । तर, उनीहरूको रोमान्स लामो समय टिक्न सकेन । पार्टीमा सेक्स गर्दा गोपनीयता भंग हुने सम्भावना प्रबल थियो । अन्त्यमा भयो पनि त्यस्तै । पार्टीमा सहभागीहरूले उनीहरूको नग्न क्रीडा ‘लाइभ’ हेर्न पाए । रक्सीको मात लागेपछि होश गुमाउने र जेसुकै बोल्न अथवा गर्न पनि लाज नमान्ने माइली पनि अरूले आफूहरूको रतिक्रीडा हेरिरहेको थाहा पाएपछि अप्ठेरो महसुस गरेकी थिइन् ।
अमेरिकी अभिनेता जेक गिलेनहालले थुप्रै सुन्दर अभिनेत्रीसँग डेटिङ गरेका छन् । तीमध्ये किर्सटेन डन्स्टसँगको उनको डेटिङलाई बढी सम्झिने गरिन्छ । किर्सटेनको उनको रतिक्रीडाको गोप्यता सार्वजनिक भएका कारण उनीहरूलाई बढी सम्झिने गरिएको हो । अरू कसैले नभएर जेक स्वयंले यसबारे खुलासा गरेका थिए । एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘हाम्रो सम्बन्ध र सेक्सलाई रसिलो बनाउन हामी कुनै कसर बाँकी नराख्ने पक्षमा थियौँ । यसका लागि हामीले के मात्रै गरेनौँ ? कारभित्र सेक्स ग¥यौँ, बाथरुममा ग¥यौँ । हुँदाहुँदा समुद्री किनारमा सम्म रोमान्स गर्न भ्यायौँ ।’
हलिउड अभिनेत्री पामेला एन्डर्सनको सेक्स लाइफ पनि भव्य छ । उनीसँग सेक्स गर्ने सौभाग्य पाएका युवकहरूका अनुसार जस्तै मै हुँ भन्ने युवकलाई पनि तह लगाउनसक्ने क्षमता उनीसँग छ । एक समय उनले संगीतकार टमी लीसँग बिहे गरेकी थिइन् । बिकिनी लगाएर विवाह समारोहमा उपस्थित भएकी थिइन्, पामेला । यसले ठूलो चर्चा बटुलेको थियो । तर, बिहेपछि हनिमुन मनाउन जाँदा उनीहरूको अझ बढी चर्चा भयो । किनकि, हनिमुनमा उनीहरू सेक्समा लीन भएको भिडियो लिक भएको थियो । भिडियोमा उनीहरूले नौका बिहार गर्दै सेक्स गरेको सिन कैद थियो । एक पटक उनीहरूले डान्स क्लबको कोलाहलका बीच एउटा कुनामा यसो छेकिएजस्तो गरेर सेक्स गर्नसम्म भ्याएका थिए ।
हलिउड अभिनेत्री स्कार्लेट जोहानसन र अभिनेता बेनिसियो डेल टोरोबारे पनि यस्तै हल्ला चल्ने गरेको छ । उनीहरूले एउटा होटलको लिफ्टमै सेक्स गर्न भ्याएको बताइन्छ । सन् २००४ मा अमेरिकी शहर लस एन्जलसको एउटा होटलमा आयोजना भएको पार्टीमा सहभागिता जनाउन गएका बेला उनीहरूले लिफ्टमै सेक्स गरेको बताइन्छ । तर, जोहानसनले भने यसलाई अस्वीकार गरेकी छिन् । ‘बेडरुममा मस्तसँग सेक्स गर्दैमा मलाई पुगेको छ, दुनियाँलाई रमिता देखाउनेगरी सार्वजनिक ठाउँमा मैले कसैसँग सेक्स गरेकी छैन ।’
एजेन्सीबाट