आठ वर्षे बालकको आँटः ‘फिल्म निर्देशन गर्छु’
screennepal
प्रकाशित: २०७१, २१ श्रावण बुधबार
no img

काठमाडौं । नाम सौगात विष्ट, वर्ष आठ, कक्षा दुई । कसैले सोद्धा यति उत्तर दिनसक्ने उमेर हो यो । तर, अभिनेता गजित विष्टका छोरा सौगात फिल्म निर्देशन गर्न कस्सिएका छन् । अन्र्तराष्ट्रिय रेकर्ड ब्रेक गर्ने लक्ष्यका साथ फिल्म ‘लभ यू पापा’ निर्देशन गर्न लागेका हुन् ।
बुधवार राजधानीमा कार्यक्रम गरी पत्रकार सामू आफू फिल्म निर्देशनका लागि प्राविधिक र सैद्धान्तिक रुपमा सक्षम रहेको बताए । उनको बोलीमा देखिएको कन्फिडेन्टले उनी सक्छन् भन्नेमा कार्यक्रममा उपस्थितमध्य धेरै कन्भिन्सस्ड भएका छन् । उनले रमाइलो तरिकाले आफूलाई प्रस्तुत गरे, ‘मेरा बाबा एक्टर । फिल्म खेलेर अवार्ड पाउनुभयो । दिदिले पनि फिल्म खेलेर अवार्ड पाउनुभयो । काकु डान्सर, नाँचेर अवार्ड पाउनुभयो । मैले चाहिँ कसरी अवार्ड पाउने त ? त्यसैले निर्देशन गर्न लागेका हुँ ।

IMGL4411
फिल्म ‘जन्मभूमि’ अभिनय गर्दा क्यामेरा निर्देशन र क्यामेरा एंगल सिकेको उनले बताए । त्यसपछि आफूले फिल्म निर्देशन गर्ने आँट गरेको बताउँदै राम्रो फिल्म बनाउने दाबी गरे । छोराले फिल्म निर्देशन गर्छु भन्दा नपत्याएको बताउँदै गजितले भने, ‘फिल्म निर्देशन र क्यामेराको ज्ञान लिएर निर्देशन गर्न लागेको छ । छोराको प्रतिभामाथि लगानी गर्न लागेको हुँ ।’
फिल्ममा गजितसँगै संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङलगायतको अभिनय रहनेछ ।

 

Comments