समाज सेवामा ‘सम्बोधन’
screennepal
प्रकाशित: २०७१, १७ श्रावण शनिबार
no img

फिल्म ‘सम्बोधन’ समाजसेवामा हात बढाएको छ । रामेछाप जिल्लाको बिकट बस्तिमा रहेको ज्ञानकुञ्ज उच्च माध्यामिक बिद्यालयलाई फिल्म ‘सम्बोधन’को च्यारिटीमार्फत सहयोग जुटाउने अभियान थालिएको छ ।
sambodhan

फिल्मका कलाकार प्रशान्त ताम्राकारको आग्रहमा उक्त च्यारिटी गर्न लागिएको निर्माता सरोज न्यौपानेले बताए । उनले भने, ‘फिल्म मनोरञ्जनका साथै सामाजिक परिबर्तनका कुरामा पनि लक्षित छ । फिल्मका माध्यामबाट बालबालिकाको शिक्षाका लागि सहयोग गर्न हामी तयार भएका छौं ।’

ताम्राकारले एक वर्ष अघि घुम्न जाने क्रममा बिद्यालय र त्यहाँको बालबालिको अवस्था देखेपछि सहयोगका लागि अभियान थालेका हुन् । उनले सोही स्कुलको सहयोगार्थ ‘निरकमल ज्ञानकुञ्ज’ नामक कोषको स्थापना गरेका छन् । कलेजका बिद्यार्थीबाट मासिक १ रुपैयाँ उठाएर त्यो कोषलाई दीर्घकालिन बनाउने उनको सोच छ ।
भदौ ६ गते रिलिज हुने सम्बोधन ‘होस्टेल’ निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट र प्रशान्त ताम्राकार लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

 

Comments