घलेगाउँकी ‘सुबेदारकी छोरी’को यस्तो कुरा (अन्तर्वार्ता)
screennepal
प्रकाशित: २०७१, १५ श्रावण बिहीबार
no img

anu 1बजारमा ‘मसला’ फिल्म बन्ने लहर छ । तर, पोखराकी अनु गुरुङ भने मौलिक फिल्म रुचाउँछिन् । नेपाली ‘गोर्खाली’ को बीरगाथा उजागर गरिएको फिल्म ‘निशानी’ बाट रजतपटमा डेब्यु गरेकी अनु भन्छिन्, ‘लाहुरेको बीरगाथामा आधारित नभएको भए सायद निशानीमा काम गर्ने थिइनँ होला ।’ सन् ११९९ मा भारत–पाकिस्तानबीचको ‘कारगिल युद्ध’ मा आधारित ‘निशानी’ लाई निर्माणपक्षले ऐतिहासिक एवं मौलिक फिल्म भनेका छन् । विनोद सेरेङ निर्देशित ‘निशानी’ ‘कारगिल युद्ध’ अर्थात् ‘खलबार’ मा १४ बीर गोर्खालीले प्राप्त गरेको वीरगतिलाई चित्रण गरिएको छ । २७ भदौदेखि रिलिज हुन लागेको ‘निशानी’बाट अनु आशावादी छिन् । नेपाली फिल्म क्षेत्रमा नवोदित अभिनेत्रीका रुपमा उदाउँदै गरेकी अनुसँग एमपी सुब्बाले गरेको कुराकानी :
फिल्ममा आउनुअघि के गर्नुहुन्थ्यो ?
म पढ्दै थिएँ ।
फिल्म ‘निशानी’ मा तपाईमाथि कसरी निशाना प-यो ?
पोखराका ‘सेकेण्ड ह्याण्डसम एन्ड ब्युटि पोखरा’ प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा म सेकेन्ड रनरअप भएँ । त्यसपछि पोखरा जक्सन नामक अनलाइनले मेरो फोटासुट ग¥यो । त्यो फोटोसुट मेरा लागि लक्की सावित भयो । त्यही फोटो देखेर मलाई ‘निशानी’ मा प्रस्ताव आएको हो ।
‘निशानी’ का निर्देशक÷निर्मातासँग कहाँ भेट भयो ?
हिरोइन उहाँहरुलाई चाहिएको थियो । त्यसैले उहाँहरु नै मलाई भेट्न पोखरा आउनुभयो ।
उहाँहरुले प्रस्ताव राख्नेवित्तिकै स्वीकार्नुभयो ?
होइन, मैले उहाँहरुलाई एक साताको समय दिए । स्क्रिप्ट पढ्छु अनि डिसिजन गर्छु भनेको थिएँ । परिश्रमिकबारे पनि सौचछु भनेकी थिएँ । स्क्रिप्ट पढ्दा राम्रो लाग्यो र ओके गरे ।
तपाईले पहिलो फिल्ममै परिश्रमिक पाउनुभयो ?
अँ, पाएँ । त्यो पनि मैले भनेजति नै पाएँ ।
त्यसोभए तपाई भाग्मानी हुनुभएछ । अरु युवतीले हिरोइन हुनका लागि पैसा लगानी गरेका हुन्छन् ।
भाग्यमानी होइन, म महाभाग्यमानी हुँ किनकि, पहिलो फिल्म नै मैले सोचेजस्तो विषयवस्तुको पाएँ भने अर्को कुरा परिश्रम पनि भने जस्तै ।
निशानी’ पहिलो फिल्म । काम गर्न कतिको गाह्रो भयो ?
मलाई खाशै गाह्रो भएन, किनकि फिल्म सुटिङ हुनअघि ४० दिन वर्कशपमा बसेका थियौं । जति गाह्रो हुनपर्ने थियो, त्यो वर्कशपमै भएको थियो ।
नयाँ मान्छे, पुराना र अनुभवी कलाकारसँग काम गर्दा अप्ठ्यारो त भयो होला नि ?
अँ हँ, मलाई त्यस्तो अप्ठ्यारो फिल कतै भएन । टिमका सबैजना राम्रा हुनुहन्थ्यो । मैले आफूलाई नयाँ सम्झिनँ ।
‘निशानी’ मा तपाईंको भूमिका के छ ?
म घले गाउँको सुवेदारकी सोझी छोरी हुन्छ । गाउँको परिवेशअनुसार भाषाशैली र डेसअप गरेकी छु ।
‘निशानी’मा अभिनय पश्चायत लाहुरे जीवनलाई कसरी बुझुनुभयो ?
हुन त हाम्रो परिवार पनि लाहुरे खानदानी हो । ‘निशानी’ फिल्ममा काम गरेपछि अझ धेरै लाहुरेको जीवनबारे बुझें । तर, म आफू लाहुरे खानदानीमा जन्मिएकीमा गर्व गर्छु ।
समग्रमा भन्नुस, ‘निशानी’ मा के छ ?
फिल्ममा बीर गोर्खालीले कोरेको इतिहासको गाथा छ । कारगिल युद्धबारे सबैले सुनेकै हौं, जहाँ १४ बीर गोर्खालीले विरगति प्राप्त गरेका थिए । कारगिल युद्धमा आधारित बलिउडमा फिल्म पनि बन्यो । तर बीर गोर्खालीको नाम–निशाना लिइएको छैन । फिल्म ‘निशानी’ मा त्यही बीरगाथालाई चित्रण गरिएको छ । यो फिल्म गोर्खालीको एउटा एतिहास बोकेको मौलिक फिल्म हो ।
बजारमा ‘मसलेदार’ फिल्म चलिरहेका छन् । ‘निशानी’ चल्छ भन्ने आधार के छ ?
‘निशानी’ मा मौलिक स्वाद छ । भाषा, शैली, पहिरन सबै मौलिक छ । अहिले बजारमा चलिरहेका फिल्महरु भन्दा एकदमै नयाँ स्वाद दर्शकले पाउँछन् भन्ने मलाई लाग्छ ।
‘निशानी’ पछि के गर्दै हुनहुन्छ ?
मलाई तीन÷चार वटा फिल्ममा प्रस्ताव आएको थियो । तर मैले गरिनँ । अहिले म ‘निशानी’ को रेस्पोन्सको प्रतिक्रियामा छु । त्यसपछि मात्र अरु फिल्ममा काम गर्नेछु । अभिनयलाई निरन्तर भने दिने नै छु ।
सातैपिच्छे उदाइरहेका नायिकाहरुको भीडमा कसरी अगाडि बढ्ने सोच बनाउनुभएको छ ?
म कुनै रेसमा आएकी होइन, न त प्रतिस्पर्धा नै गर्न । म आफ्नो प्रतिभाले अगाडि बढ्न चाहन्छु ।

anu 3

anu 2

Comments