सैफ अंग्रेजी फिल्म हेर्छन्, म हिन्दी : करिना कपुर
screennepal
प्रकाशित: २०७१, १४ श्रावण बुधबार
no img

kareena-kapoor-hot-stills-in-saree-at-ficci-frames-8बलिउड अभिनेत्री करिना कपुर खान यस्तो करिअर दौडमा छिन्, जहाँ उनी आफू सुहाउँदो फिल्म खोजिरहेकी छन् । अभिनेता सैफ अलि खानसँग बिहे तथा उमेरका हदमा पनि करिना जस्तोसुकै फिल्ममा अभिनय गर्दिनन् । अर्को कुरा राज कपुर परिवारको भएकाले करिनामा सफलता र असफलताको सामना गर्ने एक विशेष गुण छ । करिनासँग एजेन्सीले गरेको ताजा कुराकानी ।

तपाई किन फिल्म पढ्दै रिजेक्ट गर्नुहुन्छ ?
स्क्रिप्ट पढ्नु अपराध होइन । कलाकारको अधिकार हो । मैले इन्ड्रस्ट्रीमा १५ वर्ष विताएकी छु । बरु घरमै बस्छु । मन परेन भने काम गर्दिनँ । सिर्फ औपचारिकताका लागि म फिल्ममा काम गर्दिनँ ।
तर, मसाला फिल्म छाडेर मसाला छानिरहनुभएको छ नि ?
कबिरको ‘बंजरगी भाईजान’ मसाला फिल्म पक्कै हो । तर उनको कथा र निर्देशन हट हुन्छ । सुभाष घईदेखि लिएर राजु हिरानीसम्मका निर्देशकसँग मैले काम गरिसकेकी छु । अब नयाँ मान्छेसँग काम गर्न चाहन्छु । कबिरले पनि कट्रिनाका अलावा कुनै हिरोइनसँग काम गरेका छैनन् । यहाँ सलमानको रुटिनमा एक्शन फिल्म छैन । यसमा मानवीय कथा छ । म ब्राह्मण बन्छु । ‘सिंघम रिटनर्स’ मा पनि मेरो रोल रोहित आफैले निकालेका हुन् । दुवै फिल्ममा मसला छन् । मेरो रोल पनि महत्वपूर्ण छ । कर्मशियल लागि मसला फिल्मको त हाम्रो भन्डारण नै हो ।
महिला केन्द्रीत भूमिका भएको फिल्म किन गर्नुहुन्न ?
पूरा फिल्म मेरो वरीपरी नै घुमेको छ भने त्यस्तो फिल्म गर्दिनँ । कन्टेन्ट त एकदमै राम्रो हो । तर, बक्स अफिसमा चलेन भने दोष म माथि लाग्छ । करिनाको फिल्म चलेन भनेर धेरै मान्छेले विश्लेषण गर्छन् । मलाई लाग्छ, अब कसैले कसैको केही साबित गर्न जरुरी छैन । केही फिल्म फ्लप भएर पनि मेरो कामको सराहना पाएँ । म आफूलाई सन्तुलनमा राख्न चाहन्छु ।
रोहितले आफ्नो फिल्ममा दीपिका लिए, तपाईलाई बोलाएन ?
‘चेन्नई एक्सप्रेस’ मा रोहितले पहिले मलाई अफर गरेका थिए । त्यतिखेर म ‘तलाश’ को सुटिङ गरिरहेकी थिएँ । हाम्रो सम्बन्ध एकदमै राम्रो छ । त्यसैले जोसँग काम गरे पनि असर पदैन । उनले मलाई ‘गोलमाल’ पछि तेस्रोपटक ‘सिंघम रिटनर्स’ जस्ता फिल्ममा लिए । यसबाट पनि धेरथोर कुरा स्पष्ट हुनसक्छ ।
तपाईंको पति सैफको फिल्म चलेन, भाई अरमानको डेब्यु पनि फ्लप भयो । तपाई हिट हुने प्रतीक्षामा हुनुहन्थ्यो । तर, सबै उल्टो भयो है ?
सैफ २० वर्षदेखि इन्डस्ट्रीमा छन् । अर्को कुरा सबै फैसला सही हुन सक्दैन । केही फैसला गलत हुन जान्छ । जसमा दुःख मान्नु पर्दैन । एउटा फिल्म नचले अर्को चल्छ । काम जारी राख्नुपर्छ । अरमानलाई मैले भने कि मेरो भाई रणबीरको फिल्म पनि फ्लप भएको थियो । त्यसैले दोस्रो फिल्ममा मिहिनेत गर । परिणाम अवश्य राम्रो हुन्छ ।
नयाँ अभिनेतामा कोसँग काम गर्न चाहनुहुन्छ ?
वरुण धवनको साथ त राम्रो लाग्दैन । अँ, अर्जुन कपुर र मैच्योर लुकका केही हिरोसँग काम गर्न मन परेको छ ।
तपाई र सैफ फिल्मको असफलताबारे कुरा हुन्छ कि हुँदैन ?
सैफलाई केही गलत लाग्छ भने भन्छ । ‘हमशकल्स’ मा आफ्नो कामको उनले जिम्मेवारी लिए । फिल्म त नराम्रो होइन भने तर उनले आफ्नो फैसलालाई गलत माने ।
बाजिराव सिंघमको एक्शनमा तपाईंको कमेडी देखिन्छ ?
‘सिंघम रिटन्र्स’ मा हास्य भूमिकामा छु । यसमा रोमान्सका साथमा कमेडी घुलेको छ, जस्तो रिक्सा चलाउँछु भने एक्शन हुँदैन । यो रोमान्स दृश्य हुन्छ ।
फिल्म ‘शुद्धि’ को हिस्सा दोहोरो बन्छ ?
मैले यस फिल्मका लागि डेढ वर्ष प्रतीक्षा गरेँ । ऋतिकसँगको मेरो जोडी ‘यादे’ पछि दोहोरिएको छ । ‘यादे’ मा हाम्रो जोडी दर्शकले मन पराएका थिए । अब सलमानका साथ म ‘बजरंगी भाईजान’ मा काम गरिरहेकी छु ।
तपाईंलाई मनपर्ने कमेडी फिल्म कुन हो ?
म पुराना फिल्म हेर्छु । ‘अंगुर’ जस्ता फिल्म मलाई मनपर्छ । यसका अलावा ू‘कागज के फुल’ ‘आराधना’, ‘अभिमान’, ‘बुट पोलिश’ र ‘आवारा’ मनपर्छ । सैफ आफ्नो टिभीमा अंग्रेजी फिल्म हेर्छन्, म हिन्दी । मैले हिन्दी फिल्म ‘दबंग’ हेरेकी थिएँ ।
सोहा–कुणालपछि अहिले रणबीर–कट्रिनाको बिहेको कुरा आइरहेको छ नि ।
ए भगवान, यो साँचो हो भने राम्रो कुरा हो । म सिर्फ यस कुरामा खुसी छु कि उनीहरुले बिहेका मलाई अवश्य बोलाउने छन् ।

Comments