सन्नी लियोनको तिर्सना मेट्ने नेपाली ‘बेबी डल’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, १२ श्रावण सोमबार
no img

तपाईंले हिन्दी फिल्म ‘रागिनी एमएमएस–२’ मा पूर्वपोर्न स्टार सन्नी लियोनको डान्स हेर्नुभयो कि भएन । यदि, छुट्यो भने पनि चिन्ता नलिनुस् । फिल्म ‘रागिनी एमएमएस–२’ मा सन्नीले हिप हल्लाउँदै नाचेको चर्चित गीतको नेपाली भर्सन पनि आएको छ । ‘बेबी डल’ शीर्षको उक्त गीत यतिबेला इन्टरनेटमा चर्चा बटुलिरहेको छ ।
म्युजिक नेपालले ल्याएको उक्त गीत देशका नेताहरूलाई व्यंग गरिएको छ । देशमा समयमा संविधान जारी नहुँदा दलहरूप्रति बढ्दै गएको उदासिनतालाई गीतले चित्रण गर्छ भने गीतको म्युजिक भिडियोमा देखिएकी मोडलले सन्नीको तिर्सना मेटाउँछ । लौ हेनोस् भिडियो ।

 

Comments