‘सम्बोधन’को हिरोलाई मन्त्रीले ‘गुन्डा’ ठानेपछि…
screennepal
प्रकाशित: २०७१, १२ श्रावण सोमबार
no img

फिल्म ‘सम्बोधन’ आक्रामक प्रचारमा उत्रिएको छ । उत्रिन जरुरी पनि छ, किनभने भदौ ६ गते त रिलिज डेट नै तोकिएको छ । फिल्मको पहिलो ट्रेलर सार्वजनिक समोरोहमा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल प्रमुख अतिथी बने । उनलाई प्रमुख अतिथिका लागि निमन्त्रा गर्न फिल्मका हिरो विनय भट्ट पुगेका रहेछन् ।
विनयको परिचय यतिमैँ सिमित छैन, ६ वर्षदेखि त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति पनि छन् । नेपाल विद्यार्थी संगठनका कार्यकर्ता भएका कारण मन्त्री रिजाल कार्यकक्षमा उनी यसअघि पनि पुगेका हुनुपर्छ । यसपटक हिरोका रुपमा फिटिङ टिसर्ट लगाएर जिम गरेको ज्यान देखाएर करिरहेका विनयले विन्ती गरे, ‘सहयोग गर्नुप¥यो मन्त्रीज्यू ।’ सञ्चारमन्त्रीलाई आफ्ना कार्यकर्ताको खाइलाग्दो ज्यान हेरेर लाग्यो , ‘खान लाउनको सहयोग माग्ने कुरा हुँदै भएन, किनकि ज्यान नै त्यस्तो खाइलाग्दो छ । बरु  कोही जेलमा परेर छुटाइमाग्न आयो होला ।’ समस्या नसोधी मन्त्रीले जफाव फर्काए, ‘कसलाई जेलबाट छुटाउनुप¥यो ?’ यो लाइनचाहिँ अतिथीको आसनबाट मन्ब्य प्रस्तुत गर्दा रमाइलोका लागि मन्त्री आफैले भनेका थिए ।
पछि थाहा पाएछन्, विनय ‘गुन्डा’ होइनन् र गुन्डालाई जेलबाट छुटाइमाग्न गएका पनि होइन् । उनी त फिल्म ‘सम्बोधन’का हिरो हुन् । ट्रेलर हेरेपछि मन्त्रीले आफ्ना कार्यकर्ता राजनीति गर्दै अर्काे क्षेत्रमा समेत सक्रिय भएकामा खुशी प्रकट गरे । सरोज न्यौपानेले निर्माण गरेको फिल्म ‘सम्बोधन’ राजनीती र फिल्मको फ्युजन भनिएको छ । फिल्म ‘होस्टेल’ निर्देशक हेमराज विसीले निर्देशन गरेका छन् । फिल्ममा उनीबाहेक दयाहाङ राई, नम्रता श्रेष्ठ र प्रशान्त ताम्राकार लगायतका कलकारले अभिनय गरेका छन् ।
http://www.youtube.com/watch?v=ZVc-mZ_JqGo

 

Comments