‘सलमान खानका फिल्मको समीक्षा गर्नु अन्डरवेयरमा आइरन गर्नुजस्तै हो’
screennepal
प्रकाशित: २०७१, १० श्रावण शनिबार
no img

MayankShekharEDIT

मयंक शेखर, वरिष्ठ फिल्म समीक्षक (बिबिसी हिन्दी सेवा)

सलमान खानका फिल्ममा सलमानबाहेक अर्काे कलाकार सायदै सम्झनामा रहन्छ । यस्तो हुनुपनि किन पर्छ भने दर्शक सलमान खानलाई हेर्नका लागि नै टिकट किन्छन् । फिल्म ‘किक’मा नवाजुद्दिन सिद्दीकी जस्ता कलाकार पनि चार÷पाँच सिनमा समेटिएका छन्, भलै काम राम्रै छ ।

जब फिल्ममा सलमानमा नजर पर्छ, त्यसपछि महशुस हुन्छ, ठूला लगानीका फिल्ममा सुपरस्टारका अघि यस्तै क्षमतावान कलाकार हुनुपर्छ । यसैले त काम न काजको स्क्रिप्ट पनि केही समयसम्म हेर्न लायक हुन्छ । हाम्रा दर्शक यस्ता छन्, सुपरस्टारले पर्दामा जे गरेपनि त्यसमा पागल हुन्छन् । दर्शकको यो पागलपन छुट्टयाउन मुश्किल पर्छ, यसका लागि कुनै तर्क पनि दिन सकिदैन । यो पनि सम्झिन मुश्किल पर्छ कि दर्शक कसलाई स्टार बनाउँछन् ? भारतमा सलमान खानको स्टारडमसँग सुपरम्यान र स्पाइडरम्यान दुइटै मिल्यो भने पनि हार्छन् ।
‘किक’मा सलमान खान सर्वशक्तिमान छन्, उनी टेवलटेनिसमा एक्लै डबल टिमलाई पाखा लगाउछन् । उनी कानमा कुण्डल लगाएरै जन्मिएका हुन् । दुई वर्षको उमेरमैं सयौं फिट उचाइबाट स्वीमिङ खेल्ने क्षमता राख्छन् ।
तरपनि उनी इदमा लाखौं दर्शकलाई हलसम्म ल्याएर घटिया फिल्म देखाउने क्षमता राख्छन् भने माथि उल्लेखित सुपर पावर त सामान्य कुरा भइहाल्यो नि !
उनका फिल्मको कमाइबारे मिडियाले यसरी चर्चा गर्छन् मानौं आधा हिस्सा प्रशंसकले पनि पाउँछन् । मैले यो फिल्म ‘भाइ’(सलमान)का ‘भक्त’(फ्यान)सँग हेरेँ । ‘किक’ एक हिसाबले ‘धुम–४’ जस्तै लाग्छ । फिल्ममा सलमान डेबिल बनेका छन्, जो मास्क पहिरिएर खजाना लट्छ (जस्तो कि धुम–३’मा आमिर खान लुट्छन्) र, पुलिस इन्सिपेक्टर रणदीप हुडा (जस्तो कि धुममा अभिषेक बच्चन र उदय चोपडा) उनलाई दिल्ल्बाट वाँरसासम्म खोजिरहन्छन् ।
किकमा एन्टिहिरो (सलमान खान) छन् । हिरोका बाबु(मिथुन चक्रवती) छन्, अर्का हिरो (रणदीप हुडा) र एक भिलेन (नावाजुद्दीन सिद्दिकी) छन् ।
जब तपाईँलाई फिल्म सकिन्छ जस्तो लाग्न थाल्छ, तब यो फेरि फ्ल्यासब्याकमा फर्किन्छ र एउटा अर्काे नयाँ कथा सुरु हुन्छ । फिल्मको यस भागमा सलमानलाई ‘रबिनहुड’ जस्तै गरी प्रस्तुत गरिएको छ ।
सलमान बाहेक फिल्ममा गीत र एक्सनका दृष्य पनि छन् । फिल्मका बेढंगका स्टन्ट र पछि पछि लाग्ने दृष्य ट्रेलरमा देखाइसकिएको छ ।
खाश कुरो, मैले फिल्मको कुनै दृष्य हेर्न नभ्याएको होइन भने वर्षाैं पछिको यो यस्तो फिल्म हो, जहाँ सलमानले सर्ट उतारेका छैनन् ।
अन्त्यमा एउटा कुरा भन्न चाहन्छु, सलमानका फिल्मको समीक्षा गर्नु भनेको अन्डरवेयरमा आइरन गर्नुजस्तै हो, जसको कुनै अर्थ छैन ।

–बिबिसी हिन्दी सेवाबाट

Comments