कट्रिनालाई पछार्दै दीपिका ‘सेक्सिएट वुमेन–२०१४’
screennepal
प्रकाशित: २०७१, ५ श्रावण सोमबार
no img

kait+dipaka

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण भारतको ‘हन्ड्रेड सेक्सिएस्ट वुमेन–२०१४’ मा एक नम्बरमा परेकी छन् । अनलाइन भोटिङमा आधारमा गरिएको सर्वेक्षणमा अघिल्लो वर्षको सर्वेमा एक नम्बरमा रहेकी कट्रिना कैफलाई उछिन्दै दीपिकाले पहिलो स्थान हासिल गरेकी हुन् ।
चर्चित फेसन म्यागजिन ‘एफएचएम’ को नयाँ अंक (जुलाई अंक) मा प्रकाशित सर्वेक्षणमा बिपाशा बसु, सोनम कपुर र सोनाक्षी सिन्हाजस्ता अभिनेत्री सनी लियोनीभन्दा अगाडि छन् । ‘सेक्सिएस्ट वुमेन’ मा दीपिकाका अलावा प्र्रियंका चोपडा, कट्रिना कैफ, अनुष्का शर्मा, श्रुति हसन, नरगिस फाखरी, नेहा शर्मा, दृिष्ट धामी र इलियाना डिक्रुज ‘टप टेन’ मा परेका छन् ।
सर्वेक्षणमा सोनाक्षी सिन्हा, सोनम कपुर, बिपाशा बसु, कंगना रनावतजस्ता बलिउड अभिनेत्रीहरु ‘टप टेवेन्टी’ मा पनि परेनन् । अभिनेत्री एश्वर्या राय बच्चन भने ‘टप ट्वेन्टी’ भित्र छिन् । अघिल्लो वर्ष १८ नम्बरमा रहेकी ऐश्वर्या यसपालि १९औं स्थानमा छिन् । (एजेन्सी) 

 

Comments