श्रोतालाई सुदिपको चौथो ‘विश्वास’
screennepal
प्रकाशित: २०७१, ५ श्रावण सोमबार
no img

काठमाडौं । गायक सुदीप शाही ठकुरी गीति एल्बम ‘विश्वास’ लिएर आएका छन् । गायक ठकुरीको यो चौथो सोलो एल्बम हो । उनले यसअघि ‘लोभै लागेछ’, सर्माउदा’ र ‘सक्षम’ तीन एल्बम श्रोतालाई दिइसकेका छन् । केही समयअघि नै गायक ठकुरीले चौथो एल्बम ‘विश्वास’ को म्युजिक भिडियो रिलिज गरेका थिए । एल्बम ल्याएपछि ठकुरीले भने, ‘यस एल्बमबाट श्रोता÷ दर्शकबाट माया र हौसलाको अपेक्षा गरेको छु ।’

sudip
गायक ठकुरीले ‘विश्वास’ एल्बमको ‘धेरैपछि म आको’ बोलको गीत अहिले चर्चामा छ । एल्बम ल्याउनअघि भिडियो सार्वजनिक गरेकाले पनि गीत चर्चामा आएको उनको भनाइ छ । ‘एल्बम प्रमोसनका लागि पहिल्यै म्युजिक भिडियो रिलिज गरेको हुँ’ गायक ठकुरीले भने, ‘अहिले गीत सुन्नेभन्दा हेर्नेको जमाना छ । त्यसैले डेढ महिनाअघि भिडियो रिजिल गरेको हुँ ।’
गायक ठकुरीको पहिलो एल्बमको ‘लोभै लागेछ’ गीत श्रोताले राम्रै रुचाएका थिए । तैपनि उनले त्यसबेला गायनलाई निरन्तरता दिएनन् । ‘आफूलाई गायनमा निखार्न म्युजिक प्रशिक्षयातिर लागे’ गायनलाई निरन्तरता नदिनुको कारण खुलाउँदै ठकुरीले भने, ‘त्यसपछि सिक्दासिक्दै अर्को एल्बम ‘सर्माउँदा’ ल्याएको हुँ ।’ उक्त एल्बमका गीत पनि राम्रै चलेको थियो । विशेषगरी लोकपप फ्लेभरका गीत गाउने गरेका ठकुरीले तेस्रो एल्बमका रुपमा ‘‘सक्षम’ श्रोतासमक्ष पस्केका थिए । सो एल्बमलाई उनले आफू सक्षम भएर ल्याएको दावी गरेका थिए । उनले भने, ‘तीन वर्ष संगीतको अध्ययनपछि निकालेको भएकाले एल्बमको नाम पनि ‘सक्षम’ राखेको हुँ ।’ उनले भनेजस्तै एल्बम ‘सक्षम’ को ‘तिमी आँखा म नानी’ बोलको गीत निकै लोकप्रिय भयो । जुन गीतबाट उनी हिट्स एफएम अवार्डमा ‘उत्कृष्ट गायक’ मा नोमिनेसनमा समेत परेका थिए । ‘विश्वास’ एल्बमपछि गायनलाई निरन्तरता दिँदै आएका ठकुरी आफ्नो चौथो एल्बमबाट निकै आशावादी छन् । ‘यसपटक अधm आफूलाई निखारेर तथा मिहिनेत गरेको एल्बम ल्याएको छु’ ठकुरीले भने, ‘चौथो एल्बमसम्म पुग्दा संगीतमा अभ्यास जरुरी रहेछ भन्ने बmुझेँ ।’ एल्बम ‘विश्वास’ मा धेरैपछि, फूलले काँडासरी, गोरेटो फरक रहेछ, मेरी मायालगायत गीत छन् । जसमध्ये ‘धेरैपछि म आको’ बोलको गीत श्रोतामाझ चर्चित बनेको छ ।

Comments