४७ वर्षीया पामेला पुनः पूर्वप्रेमीको अँगालोमा
screennepal
प्रकाशित: २०७१, ३ श्रावण शनिबार
no img

लस एन्जलस, (एजेन्सी) । हलिउड अभिनेत्री पामेला एन्डर्सन पुनः प्रेममा परेकी छन् । पति रिक सोलोमोनसँग सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया रहेकैबेला यी अभिनेत्री पूर्वब्वाइफ्रेन्ड चुक जिटोसँग नजिक भएकी छन् ।
४७ वर्षीया पामेला र ६१ वर्षीय जिटोको ‘ब्रेकअप’ भएको निकै समय बितेको थियो । तर, अहिले यी भूतपूर्व जोडी पुनः प्रेममा रमाउन थालेका छन् । केही सातायता पामेला र जिटो विभिन्न सार्वजनिक स्थानमा देखिन थालेका छन् । रेस्टुरेन्टदेखि पार्कसम्म सँगै हुन्छन्, उनीहरू ।
हिजोआज जिटो प्रायः पामेलाकै कारमा हुने गरेको बताइन्छ । एक दिन कारमा उनीहरू एकअर्कालाई कसिलो गरी अँगालो मारेको अवस्थामा फेला परेका थिए । ‘अँगालो मारेको मात्र होइन, योभन्दा अघि बढेर उनीहरूले एकअर्काप्रति प्रेम दर्शाएका थिए’ एक अनलाइनले उल्लेख गरेको छ, ‘पति सोलमोनसँग छोडपत्रको कानुनी प्रक्रिया पूरा नभइकन पामेलाले ब्वाइफ्रेन्ड खोजेपछि उनी प्रेमबिना बस्ने नसक्ने अवस्थामा पुगेकी रहिछन् भन्ने प्रमाणित भएको छ ।’

Comments