सासुलाई टक्कर दिँदै ऐशको कम्ब्याक
screennepal
प्रकाशित: २०७१, २८ असार शनिबार
no img

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन धेरै लामो समयपछि फिल्ममा देखिँदैछिन् । ऐशले सञ्जय गुप्ताजस्ता एक्सन निर्देशको फिल्म ‘जज्बा’ मा साइन गरेकी छन् । फिल्ममा उनी जोन अब्राहमसँग देखिनेछिन् ।
भनिन्छ, ऐश सासुको स्वीकृतिविना फिल्ममा ‘कम्ब्याक’ भएकी हुन् । उनकी सासु जया बच्चन चाहन्छिन्, ‘ऐशले फिल्म नखेलोस् ।’ तर, ऐशले भने सासुसँग टक्कर लिनकै लागि फिल्म खेल्ने निर्णय गरेको बताइन्छ । केही समयअघि नै ऐश फिल्ममा ‘कम्ब्याक’ को तयारी गरिरहेकी थिइन्, तर त्यतिखेरै सासु जयासँग ऐशको विवाद भएको थियो । सासुसँग विवाद गरेपछि ऐशले घरसमेत छाडेकी थिइन् । जुनबेला ऐश पति अभिषेक बच्चनसँग पनि झगडा गरेकी थिइन् । छोरी आराध्याको जन्मपछि ऐश फिल्मबाट ब्रेक लिएकी थिइन् । उनकी सासु जयाँ चाहन्छिन्, ‘बुहारीले अब छोरा जन्माओस् र घरबार सम्हालून् । तर, ऐश त्यो चाहँदिनन् ।

Comments