काठमाडौं । शुक्रबारबाट इन्डोनेसियाको सुराबायामा सुरु हुने एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिज़ाइनर मदन पौडेलले सहभागिता जनाउने भएका छन् ।
फेशन डिज़ाइनरहरुलाई स्वदेशमा मात्र नभई विदेशमा पनि चिनाउने उद्देश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिज़ाइनर संघको संयुक्त पहलमा यो वर्ष इंडोनेशियामा हुनु लागेको एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिज़ाइनर पौडेलले सहभागिता जनाएको छ। यसको लागि उनि गत सोमबारनै आफ्ना सहयोगीहरुको साथ् सुराबाया पुगिसकेका छन् ।
आगामी भाद्र २ गते सोमबार सम्म चल्ने चारदिने फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा , कल्चरल ड्रेस ५ वटा , इको फ्रेंडली ५ वटा , मास्टर पीस एउटा , एभन्ट गार्ड एउटा र हब्ट कटयर एउटा प्रदर्शनको तयारी गरिएको छ । नेपाली ढाका कपडा तथा बुट्टा हरु को पनि पहिचान अघि बढाउने हिसाबले डिजाईनहरु तयार गरिएको डिज़ाइनर पौडेलले बताए ।
एशियन फेशन वीकको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार नेपालको प्रतिनिधित्व गर्दै डिज़ाइनर पौडेलले आइतबार इन्डोनेसिया, ब्रुनाई , क्यामरुन , अस्ट्रेलिया , बंगलादेशका डिज़ाइनर संगै आफ्नो डिज़ाइन प्रस्तुत गर्नेछन् ।
फेशनका माध्यमले एशिया लगायत का राष्ट्रहरुको संस्कृति एक आपस मा चिनाउने उदेस्यले आयोजना हुने एशियन फेशन वीकमा नेपाल साथै एसियाका ५८ देशहरुको सहभागिता रहेको छ ।
यो क्रमलाई वर्षे पिछे निरंतरता दिंदै आगामी वर्ष देखी ५ जना नेपली डिज़ाइनरहरुलाई एशियन फेशन वीक मा सहभागिता जनाउने अवसर उपलब्ध गराउनुका साथै अरु अंतर्राष्ट्रीय प्रतियोगिता हरुमा पनि अवसर प्रदान गराउने उदेश्य नेपाल फेशन महासंघ र नेपाल फेशन डिज़ाइनर संघको रहेको छ । नेपाली इतिहास मै पहिलोपल्ट नेपाली डिज़ाइनरले अन्तरास्ट्रिय स्तरको कार्यक्रममा अफिसियल सहभागिता जनाई राखेको हो ।