यसरी चपलीमा धैर्यताको बाँधै फुट्यो
screennepal
प्रकाशित: २०७१, २५ श्रावण आईतवार
no img

10609030_812361802130849_363695650_n

काठमाडौं । शनिबार दिउँसो काठमाडैंस्थित चपली हाइटमा गायक भुवन सुप्तिहाङ राईको आफ्नो मायालुलाई पर्खी बस्दा धैर्यताको बाँधै फुट्यो । सिमसिम पानी परिरहेको थियो । पानीमा रुझ्दै भएपनि त्यहाँ मायाकै कुरा चलिरहेको थियो । समयमा मायालु नआउँदा कस्तो पीडा होला ? त्यो अनुभव भने दिप्सनले गर्दैथिए भने उनका मायालु बनेकी थिइन्, सोनु पूमा । पर्खाइको पनि सिमा हुन्छ । अति भएपछि त धैर्यताको पनि बाँध फुट्छ ।
प्रशंग हो, गायक भुवन सुप्तिहाङ राईको पाँचौ एल्बम बदनामको तिमीलाई पर्खी बस्दा धैर्यताको बाँधै फुट्यो बोलको गीतको म्युजिक भिडियो छायांकनको । मायालुलाई पर्खिदाको पीडा बोध गराउने उक्त गीतको म्युजिक भिडियोलाई हरिशले निर्देशन गरिरहेका थिए भने गीतमा नयाँ मोडल सोनु र दिप्सनले अभिनय गरिरहेका थिए । साइटमा गीत तिमीलाई पर्खी बस्दा धैर्यताको बाँधै फुट्यो गीत गुञ्जिरहेको थियो भने हरिशको निर्देशनअनुसार जमुना भुजेलले दृश्य क्यामेरामा कैद गरिरहेकी थिइन् । पानी परिहेको थियो । तर यो युनिटलाई पानीले रोकेन । कथाले मागेकै यस्तै मौसम हो गायक भुवन भन्दैथिए ।

10596132_812361885464174_909584048_n (1)
पाँचौ एल्बम सम्मानको तयारीमा रहेका गायक भुवनले सुटिङकै क्रममा आफ्नो विगत स्मरण गरे । उनले सोही स्थानमा ११ वर्षअघि आफ्नो एल्बम तिम्रो मायाको म्युजिक भिडियो सुट गरेको बताए । यति मात्र नभइ त्यतिखेर सुट गरेको गीतको शब्द र शनिबारको गीतको शब्द बुद्धबीर लामाकै थियो । यसलाई भुवनले एउटा संयोगका रुपमा लिए । भुवनले चाँडै नै आफ्नो पाँचौ एल्बम सम्मान श्रोतामाझ ल्याउने वाचा गरेका छन् ।

Comments