काठमाडौं । संविधान तथा कानुनविद् अधिवक्ता डा. भिमार्जुन आचार्यले आप्mनो तेस्रो गीति अडियो ‘एउटा जीवन’ सार्वजनिक गरेका छन् । शनिबार एक समारोहबीच अर्जुनमिलन नामले लोकप्रियता कमाएका डा. आचार्यको एल्बमका गीतकार तथा संगीतकारहरुले विमोचन गरेका हुन् ।
एल्बमको विमोचनपछि गीतकार कालिप्रसाद रिजालले भिमार्जुनलाई कानुनी क्षेत्रको व्यक्तित्वका रुपमा मात्र चिनेको तथा गीत माग्न आउँदा आश्चार्य लागेको बताए । उनले भिमार्जुनले गीत माग्दा शुरुमा नपत्याएको र गीत दिन दोधारमा परेको तथा उनले पहिले नै गाइसकेको एउटा गीत मोबाइलामा सुनाएपछि साधनारत गायक भएको लागेर गीत दिएको बताए । ‘गम्भिर गीत माग्नु अर्को सुखद् अनुभुति भयो, जो आउँथे दाईलाई थाहै छ नि हिजोआज कस्तो गीत चल्छ भनेर, चल्ने खालको गीत दिनु भन्थे’ रिजालले भने, ‘भिमार्जुनले चाहिँ गम्भिर गीत माग्नु भयो । केही दिनपछि रेकर्ड भएर आएपछि अभैm प्रभावित भएँ ।’
‘गीतलाई मनोरञ्जनका साधन ठान्दिनँ, गीत पनि साहित्यको एउटा विधा हो, कान्छा र कान्छीको गीत गाउनुको अर्थ छैन’ गीतकार, संगीतकार तथा गायकसमेत रहेका भिमार्जुनले पनि गीतकार किरण खरेलले पनि शुरुमा आफुलाई गायकका रुपमा नपत्याएको खुलासा गरे । कार्यक्रममा उनले भने, ‘मैले त भिमार्जुनले अरुका लागि गीत मागेको होला, गायक अर्जुन मिलनचाहिँ अर्कै मान्छे होला भन्ठानेको थिएँ ।’
कार्यक्रम एल्बमसँगै सार्वजनिक म्युजिक भिडियोका अभिनेता हरिहर शर्माले भिमार्जुनमा बहुआयामिक क्षमता भेटेको खुलाए भने संगीतकार टीका भण्डारीले एलबमका गीत संगीतको समिक्षा गरेका थिए ।
हिमालका कुरा ग¥यौ, म त भाग्यको कमारो हँु’, सबैलाई त देशबाट, मौनताको शहरमाजस्ना गीतबाट लोकप्रियता कमाएका आचार्यको विमोचित एल्बममा ढिंडो भए हुन्छ मलाई, जित्नेलाई मिठो जीवन, मानिसको जिन्दगी यो, कति धेरै टाढा छौ तिमी, शिशिरको बतासमा, जीवन हो लामो बाटो र एउटा जीवन हुँ म बोलका ७ गीत संगृहित छन् भने रुपा बिमलको आलेख रहेको छ । यी गीतमा शव्दरचना क्षेत्रप्रताप अधिकारी, किरण खरेल, श्रीपुरुष ढकाल, रमेश क्षितिज, कालीप्रसाद रिजाल र अर्जुन मिलनको तथा संगीत नारायण रायमाझी, टीका भण्डारी, सन्तोष श्रेष्ठ, सागर अधिकारी, बिबी अनुरागी र अर्जुन मिलनको संगीत रहेको छ । कार्यक्रममा ढिडो भए हुन्छ मलाई र जित्नेलाई मिठो जीवन बोलका २ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।