काठमाडौं । गायिका गौरीमाया साउदेन ‘वनेम’ गीति एल्बम ‘स्मृति’ लिएर आएकी छन् । बेलायतमा बस्दै आएकी गौरीमायाको यो पहिलो गीति एल्बम हो । ‘स्मृति’ को मंगलबार राजधनीमा एक समारोहबीच लोकार्पण गरिएको छ । ‘स्मृति’ एल्बमलाई गायन दम्पति संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानले सार्वजनिक गरेका थिए ।
यस गीति एल्बमलाई रुबुशा क्रियटिभ वर्क्सले बजारमा ल्याएको हो । गौरीमायाको यस एल्बममा जानु कामबाङ, रोजी लाबुङ राई, एकनारायण भण्डारी स्वीकृति बराललगायतको शब्द रहेको छ भने एल्बममा पछिल्लो समयमा चर्चित संगीतकार ताराप्रकाश लिम्बुको एकल संगीत रहेको छ ।
कार्यक्रममा एल्बममा समावेश दुईवटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । दुईवटै म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने भिडीयोमा अशिष्मा नकर्मी, कोसिश क्षेत्री, पुष्प खड्का र बेनिशा हमालले अभिनय गरेका छन् ।